दोहा : संखुवासभा समाज कतारले बाढि पीडितलाई आर्थिक सहयोग हस्तान्तरण सम्पन्न गरेको छ ।
गत असार २ गते (हेवाखोला) मा आएको बाढिको कारण मृत्यु तथा बेपत्ता हुने पाँचखपन नगरपालिका ४ जना र चैनपुर नगरपालिकामा १ जना गरि जम्मा ५ जनाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
संखुवासभा समाज कतारमा आवद्ध तथा विभिन्न मनकारी जिल्लाबासी हरुले संकलन गरेको टोटल रकम २,१५,००० प्रति परिवार रु-४३०००/ को दरले रकम उपलब्ध गराएको महासचिव पदम प्र. सिम्खडाले जानकारी गराए ।
उक्त रकमलाई पाँचखपन नगरपालिकाको कार्यलयमा एक कार्यक्रम गरि नगरप्रमुख बिपिन राई र कार्य समिति सदस्य पृथ बहादुर थापाबाट पीडित लाई (नगद ) रकम हस्तान्तरण गरिएको छ । समाजसेवि दुर्गानिलम श्रेष्ठ लगायत स्थानिय ब्याक्तीहरुको पनि प्रत्यक्ष उपस्थिति रहेको थियो ।
नगर प्रमुख राईले संखुवासभा समाज कतार परिवारलाई धन्यवाद तथा उन्नति प्रतिको कामना गर्दै र आगामी दिन हरुमा पनि यस्तै सामाजिक कार्यहरु प्रती संखुवासभा समाज कतार अग्रसर रहने अपेक्षा पनि व्यक्त गरे ।
आर्थिक सहयोग गर्ने र रकम हस्तान्तरण गर्ने कार्यमा उपस्थिति जनाउने नगर प्रमुख बिपिन राई, दुर्गानिलम श्रेष्ठ लगायत कार्य समिति सदस्य पृर्थ बहादुर थापालाई समाजले धन्यवाद व्यक्त गरिएको अध्यक्ष राजेन्द्र खनालले बताए ।
संखुवासभालिको पहिचान,बिश्व सामु चिनाउने हाम्रो अभियान " भन्ने नाराका साथ सन : २०१६ मा स्थापना गरिएको संस्थाले कतार सहित नेपालमा आर्थिक, भौतिक, नैतिक तथा सामाजिक कार्यमा अग्रसर रहदैआएको छ