अम्बिका पौडेल : कतारमा लामो समय देखि काम गर्दै आउनुभएका नेपाली बरिस्ता हरुको नेपाली समूह, कफी समाज नेपाल ले राष्ट्रिय स्तरको "एरो प्रेस च्याम्पेंसिप " को आयोजना सम्पन्न गरेको छ ।
गत २५ तारिक कतारको मुटु मा रहेको गेट मलमा भएको उक्त प्रतियोगितामा कतारका धेरैजसो कफिसपको सभागिता रहेको थियो। १३ देश का ७२ जना प्रतिस्पर्धी रहेको कार्यक्रममा कतारी नागरिकहरुको उलेख्य सहभागिता रहेको थियो। नेपाल अनि नेपाली बरिस्ता लाइ देश अनि विदेश मा चिनाउने हेतुले कफी समाज नेपालले उक्त कार्यक्रम गरेको समाजका प्रमुख लक्ष्मी प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
कफी समाज नेपालले यस्ता धेरै कार्यक्रम सामुदायिक रुपमा गरिसकेको र आउने दिनमा अझै ठुला अनि महत्व पुर्ण कार्यक्रम हरु लिएर आउने तयारि रहेको समाजका अर्का संयोजक गोपाल बस्याल ले जानकारी दिनुभयो। जम्मा ७२ जना प्रतिस्पर्धी भएको कार्यक्रममा नेपालको तर्फबाट सन्तोष बिष्ट, युबराज , कविता, आश्विन , प्रविन , नवराज गरि ६ जना सहभागी रहनुभएको थियो ।
सहभागी मध्ये युबराज आश्विन अनि नवराज तेस्रो राउण्ड सम्म पुग्न सफल हुनुभएको थियो । निकै नै प्रतिशप्रधा अनि रोचक कार्यक्रममा बिजयी भने केन्याका इब्रा युसुफ , दोस्रो स्थान फिलिपिन्सकि जेभा माडावे अनि तेस्रो फिलिपिन्स कै थाइरोन भएका थिए।
बिजयी इब्रा युसुफ आउने डिसेम्बरमा अस्ट्रेलिया मा हुने बिस्व च्याम्पेंसिप मा भाग लिन जाने कुरा गोपाल बस्याल ले बताउनु भयो । बिजयी हरुलाई अरु धेरै स्पोन्सर हरु बाट निकै धेरै पुरस्कार को पनि व्यवस्था रहेको थियो।
नेपाल बाट आएर बिभिन्न कफी सप मा काम गर्दै नेपाल लाइ चिनाउदै नेपालका कफी लाई संसारका कुना -कुनामा रहेका कफी प्रेमी लाइ चखाउन पर्छ भन्ने मान्यता रहेको समाज का अर्का संयोजक बिस्नु देवकोटा बिचार रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख जिम्मा लिनु भएका समाजका अर्का प्रमुख राममणि दवाडी ले भन्नु भयो , कार्यक्रम हामीले सोचेको भन्दा निकै रामो र सौहाद्रपूर्ण भयो र हामी निकै उत्साहित छौ अर्को कार्यक्रम लिएर आउनको लागि। नेपाली ले जितेको भए अझै सुन मा सुगन्ध हुने थ्यो उहाले थप्नु भयो। जित्नु संगसंगै सिक्नु पनि ठुलो कुरा हो , अहिले सिकियो अर्को चोटी जितिन्छ , समाज का सक्रिय सदस्य अनि एक प्रतिस्प्रधी सन्तोष बिष्ट ले बताउनुभयो।