दोहा : एनसिसि कतारका नव निर्वाचित अध्यक्ष रमेश भट्टले कतारको बिभाजित एनआरएनलाई एक बनाउने प्रतिबद्धता सहित सङ्कल्प गरेका छ्न । शेष घले (एनआरएनए ) प्रती इङ्गित गर्दै भट्टले सम्पुर्ण नेपाली श्रमिक हरुको साझा एनआरएनए बनाउने कार्य आज देखि सुरुभएको बताए ।
दोहा स्थित होलिडे इन होटेल (द बिजनेस पार्क)मा शनिबार भएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशनको क्रममा आफ्नो मन्तव्य राख्दै भट्टले आफू उम्मेदवार हुँदै गर्दा दिएका बाचा, सङ्कल्प हरुलाई पूरा गर्ने प्रतिबद्धता जनाउदै, मतदातालाई हरेकदिन खबरदारी गर्न समेत अनुरोध गरे ।
भट्टले एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा साथ सहयोगको अपेक्षा गरेको वताए । अधिबेशनमा आफ्नो अमुल्य मत दिएर निर्वाचित गराउनुहुने सम्पुर्ण मतदाता प्रती धन्यवाद प्रकट समेत गरे ।
अध्यक्ष भट्टद्वारा निर्वाचनताका आफुले गरेका प्रतिबद्धता हरु
एनसीसी कतारले गर्ने हरेक क्रियाकलापमा कतारमा स्थापीत सम्पुर्ण संघसंस्था संग समन्वय गरि सामुहिक रुपमा सहकार्य गरेर सम्पन्न गर्न ।
- कतार स्थित नेपाली राजदुतावास संग समन्वय गरि नेपाली श्रमिकहरुको हकहित लाई प्राथमीतामा राखेर श्रमिक विभागलाई थप प्रभावकारी बनाउन ।
- नेपाल सरकारले प्रवासमा रहेका मजदुरको हितको लागि हालै शुरु गरेको श्रमीक कल्याणकारी कोषमा अधिकतम सहभागिता गराउन लागि सचेतना अभियान सञ्चालन गर्न।
- एनसीसी कतारका हरेक गतिविधिलाई मासिक रुपमा र आर्थिक प्रतिवेदन त्रैमासिक रुपमा सार्वजनिक गर्न। संस्थाका पदाधिकारीले आफ्नो कार्यसम्पादनको रिपोर्ट मासिक बैठकमा प्रस्तुत गरि त्यसको समिक्षा गर्न ।
कतार सरकारको विभिन्न निकायहरु संग संस्थागत सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली श्रमिकहरुको लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकता दिएर सञ्चालन गर्न।
- नेपालको पहिचान झल्कने नेपाली साहित्य, कला र संस्कृतीलाई कतारमा आयोजना हुने विभिन्न प्लाटपर्फ्महरुमा प्रस्तुत गर्ने र कतारमा रहेका श्रस्टा /कलाकारलाई प्राथमिकता दिन।
- कतारमा रहेका नेपालीहरूबीच आपसी भाईचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहन ।
- हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली साहित्य, कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाईने सबै चाडपर्वहरू सामुदायिक स्तरमा आयोजना गरि परस्पर भातृत्वको बिकास गर्न ।
कतारमा रहेका नेपाली दाजु-भाई दिदिबहिनिहरुलाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागि हुनका लागि प्रोत्साहन गर्न साथै सबै नेपालीजनको आवाजहरु गैर आवासीय नेपाली संघ द्वारा सुनिएको सुनिश्चित गर्न।
- कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवं आवस्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्न।
- कतारमा रहेका नेपाली श्रमिकहरुका लागि कानुनी मामिलाहरू, रोजगारीका समस्याहरू, स्वास्थ्य सेवा र शिक्षामा सहायताका लागि एक प्रणाली स्थापना गरि निरन्तर सेवामुलक कार्यक्रम संचालन गर्न ।
- सामाजिक सुरक्षाकोष तथा IPO सम्बन्धि कतारमा रहेका नेपाली बैकका प्रतिनिधीहरुसंगको समन्वयमा सचेतना मुलक कार्यक्रम गरि आम श्रमिक हरु को सहभागिता / आबद्दता सुनिस्चितता को लागि प्रयासरत रहन ।
- NRNA NCC र NRNA ICC का अग्रज एवं पुर्व पदाधिकारी बीच संस्थागत हितको लागि समन्वय गरि, मुलत: ICC कोबिधान अङ्गीकार गरि अघि बढ्न।