दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतार र कतार बाट आइसिसिमा प्रतिनिधित्व गर्ने उम्मेदवार हरुको आगामी (२०२३- २०२५ ) कार्यकालको अन्तिम नतिजा सार्बजनिक भैसकेको छ ।
डिजिटल प्रबिधीबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप बाट मतदान गराइएको थियो ।दुई प्यानलको बिच भएको सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका थिए ।
नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रियामा शुक्रबार राति १२ बजे बाट मतदान प्रक्रिया सकिएको थियो ।निर्वाचनमा जम्मा ६२.८०% मत खसेको कार्यसमिति चयन संयोजक क्रान्ति सिंहले जानकारी गराएका थिए ।
अन्तिम नतिजा सार्बजनिक भएसङ्गै जित-हार हुने उम्मेदवार सङ्गै कस्को पपुलर मत आयो भन्ने बहस दोहाको नेपाली समाजमा चलेको देखिएको छ । जस्मा (पपुलर ) मत ल्याउनेमा नेपाली समाजका अगुवा बुद्धिजिवि तथा सामाजिक व्याक्तित्व पुर्व आइसिसि सदस्य तेज कटुवाल अगाडि देखिएका छ्न ।
प्राप्त जानकारी अनुसार सबैभन्दा धेरै (मत ) तेज कटुवालको ५ हजार १ सय ९३ रहेको छ । त्यसैगरि अन्य पपुलर मत ल्याउनेहरुमा क्रमश : प्रेम चलाउनेको ५ हजार १ सय ७०, लेखा समिती सदस्य बिकास लामाको ५ हजार १ सय ५० र आइसिसी सदस्य बिक्रम कार्कीको ५ हजार १ सय ११ रहेको छ ।
मुग्लानी खवर सङ छोटकरिमा कुरागर्दै कटुवाल ले, कतारको भुगोलमा रहेर यहाँ स्थापित संघसंस्था तथा नेपाली समुदायको हितहुने कार्य गरेको, सबैसङ्ग सहहिर्दय पुर्वक हातेमालो गर्दै अगाडि बढेको र आफुले बिबादास्पद हुने कुनै कार्य नगरेको तथा नेपाली श्रमिक हरुको पक्षमा दिलोज्यान दिएर लागेको कारण आफुले पपुलर मत पाएको बताए ।
८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारको दशौं महाधिवेशन होलिडे इन होटेल (द बिजनेस पार्क)मा शनिबार दिउसो २ बजेबाट हुने कार्यतालिका रहेको छ ।