दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि द्वितीय उपाध्यक्षमा झापाका केशव कार्की बिजयी भएका छ्न ।
द्वितीय उपाध्यक्षका अर्का प्रतिद्वन्दी रोशन गिरिलाई १०८४ मतले पराजित गर्दै कार्की निर्बाचित भएका हुन । कार्कीले ३ हजार ४ सय ४७ मत ल्याउँदा गिरिले २ हजार २ सय ६३ मत पाएका थिए ।
त्यसैगरी ६ पदको आइसिसी सदस्यमा दुर्गा प्रसाद प्याकुरेल, बिक्रम कार्की, तेज कटुकाल, प्रेम बहादुर चलाउने, दिप जङ शाह तथा श्री कृष्ण भट्टराई छन निर्बाचित भएका छन । कार्यसमितीको अध्यक्षमा रमेश भट्ट प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब राज कार्की, तृतिय उपाध्यक्षमा सन्दिप कुमार भट्टराइ तथा महिला उपाध्यक्षमा नानु घले ब्लोन निर्बाचित भएका हुन ।
महा सचिबमा रबिन मगर, सचिबमा ओम बहादुर क्षत्री (सन्तोष),रोशन अर्याल र सुरज शर्मा निर्बाचित भएका छन भने कोषाध्यक्षमा बुद्ध बहादुर पाण्डे, सह कोषाध्यक्षमा झबिन्द्र आचार्य, लेखा समिती सँयोजक कबिन्द्र कँडेल र लेखा समिती सदस्यमा बिकास लामा र गिरीराज दुवाडी निर्बाचित भएका छन ।
युवा उपाध्यक्ष सुबास बहादुर थापा, महिला सँयोजक शुष्मा खतिवडा कटुवाल तथा युवा सँयोजकमा महेन्द्र सिह तमाङ यसअघि नै निर्बिरोध निर्बाचित भएका थिए ।
झापा जिल्लाको "झापा गाउपालिका " मा जन्मिएका कार्कीले कतारमा लामो समय देखि जागिरसँगै व्यवसाय पनि गर्दै आएका छन् । जागिर र ब्यापार दुवै भए पनि बचेको समय कार्कीले सामाजिक काममा नै खर्च गर्छन l कतारमा हुने सामाजिक सस्थाहरुको कार्यक्रममा भन्दा दुखि पिडितको स्थलमा भेटिन्छन ।
संस्थागतरूपमा उनी झापाली समाज कतारको बर्तमान अध्यक्ष, एनसिसि कतारको २०१९ -२०२१ कार्यकालको सचीवलय सदस्य लगायतमा आबद्ध रहदै सामाजिक कार्यमा अनवरत रुपमा लागिपरेका छ्न ।
नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रियामा शुक्रबार राति १२ बजेसम्म अनलाईन माध्यम बाट सम्पन्न भएको थियो ।निर्वाचनमा जम्मा ६२.८०% मत खसेको कार्यसमिति चयन संयोजक क्रान्ति सिंहले जानकारी गराए l
८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारको दशौं महाधिवेशन होलिडे इन होटेल (द बिजनेस पार्क)मा शनिबार दिउसो २ बजेबाट हुने कार्यतालिका रहेको छ ।