दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि अध्यक्षमा बागलुङका रमेश भट्ट बिजयी भएका छ्न ।
प्रतिद्धन्दिी पदम गिरीलाई ८ सय ४३ मतले पराजित गर्दै भट्ट निर्बाचित भएका हुन । भट्टले ३ हजार २ सय २८ मत ल्याउँदा गिरीले २ हजार ३ सय ८५ मत पाएका थिए ।
विगत दुई दशक देखी कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दे अनवरत रुपमा समाजिक कार्यमा सक्रिय रहेका भट्टले एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा साथ सहयोगको अपेक्षा गर्दै उम्मेदवारी दिएका थिए ।
नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रियामा शुक्रबार राति १२ बजेसम्म अनलाईन माध्यम बाट सम्पन्न भएको थियो ।निर्वाचनमा जम्मा ६२.८०% मत खसेको कार्यसमिति चयन संयोजक क्रान्ति सिंहले जानकारी गराए l
त्यसैगरी ६ पदको आइसिसी सदस्यमा दुर्गा प्रसाद प्याकुरेल, बिक्रम कार्की, तेज कटुकाल, प्रेम बहादुर चलाउने, दिप जङ शाह तथा श्री कृष्ण भट्टराई छन निर्बाचित भएका छन । प्रथम उपाध्यक्षमा कष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब राज कार्की, तृतिय उपाध्यक्षमा सन्दिप कुमार भट्टराइ तथा महिला उपाध्यक्षमा नानु घले ब्लोन निर्बाचित भएका छन ।
महा सचिबमा रबिन मगर, सचिबमा ओम बहादुर क्षत्री (सन्तोष),रोशन अर्याल र सुरज शर्मा निर्बाचित भएका छन भने कोषाध्यक्षमा बुद्ध बहादुर पाण्डे, सह कोषाध्यक्षमा झबिन्द्र आचार्य, लेखा समिती सँयोजक कबिन्द्र कँडेल र लेखा समिती सदस्यमा बिकास लामा र गिरीराज दुवाडी निर्बाचित भएका छन ।
युवा उपाध्यक्ष सुबास बहादुर थापा, महिला सँयोजक शुष्मा खतिवडा कटुवाल तथा युवा सँयोजकमा महेन्द्र सिह तमाङ यसअघि नै निर्बिरोध निर्बाचित भएका थिए ।
सदस्यहरुमा इनुस मेमिन, इसिलाल पण्डित, झबिन्द्र प्रसाद बेलबासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बि.क., टँक बहादुर बि.क., परमानन्द भट्ट, प्रेम बहादुर बस्नेत, बिनोद राना मगर, बिष्णु सापकोटा, मो.आजाद मँसुर, मो.कौसर रम्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, सन्तोष कुँबर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदिप पाठक तथा श्याम प्रसाद पौडेल निर्बाचित भएका छन ।
८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारको दशौं महाधिवेशन होलिडे इन होटेल (द बिजनेस पार्क)मा शनिबार दिउसो २ बजेबाट हुने कार्यतालिका रहेको छ ।