दोहा – दिप संचार मिडियाका प्रधान सम्पादक दिपजंग शाह ठकुरीले आइसीसी सदस्यमा उम्मेदवारी दिएका छन ।
ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३–२०२५ कार्यकालको लागि आइसीसी सदस्यमा उम्मेदवारी दिएका हुन।
दाङमा जन्मिएर काठमाडौं र कतारलाई कर्मथलो बनाएका ठकुरीले झन्डै दशक भन्दा लामो समय देखि गैरआवासीय नेपाली संघको विभिन्न जिम्मेवारीहरू बहन गर्दै आएका छन । हाल एनसीसी कतारको सचिवमा समेत रहेका ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई पारदर्शी, समावेशी एवं विश्वसनिय बनाउँदै राष्ट्रिय समन्वय परिषदका संभावित समस्या, अवसर र गतिविधिलाई अन्तराष्ट्रिय समन्वय परिषदसँग जोड्नु पर्ने अपरिहार्य आवश्यकता महशुस गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२०२५ कार्यकालका लागि सदस्य पदमा उम्मेद्वारी दिएको बताएका छन।
इतिहासकै संगीन मोडमा उभिएको एनआरएनलाई ‘सहमती, सहकार्य, एकता, आजको आवश्यकता’ भन्ने मुख्य अभीष्टका साथ सहज अवतरण गराउनको लागि एक कर्मठ सिपाहीको रुपमा अहोरात्र खटिएर आफ्नो भुमिका निर्वाह गरिरहेका ठकुरीले एक प्रतिवद्धता जारी गर्दै कतार वासी गैरआवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा साथ, सहयोग र समर्थनका लागि अपिल पनि गरेका छन् ।
प्रतिवद्धता_सहित_हार्दिक_अपिल
आदरणीय कतार वासी नेपाली बुबाआमा, दाजुभाई तथा दिदिबहिनीहरु, कतारमा स्थापित संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासीय नेपाली संघ तथा सामाजिक अभियन्ता ज्यूहरू, बुद्धिजीवी तथा व्यवसायी ज्यू हरु, परिषद सदस्य ज्यूहरू एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।
गैरआवासीय नेपाली संघको विभिन्न जिम्मेवारीहरू बहन गर्दै हाल एनसीसी कतारको सचिवमा रही गैरआवासीय नेपाली संघमा देखिएको संघिन मोडलाई सहज अवतरण गर्न अविचलित भई, डर धम्की र प्रलोभनमा नपरि एक सच्चा सिपाहीको रुपमा अहोरात्र खटि रहँदा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई पारदर्शी, समावेशी एवं विश्वसनिय बनाउँदै राष्ट्रिय समन्वय परिषदका संभावित समस्या, अवसर र गतिविधिलाई अन्तराष्ट्रिय समन्वय परिषदसँग जोड्नु पर्ने अपरिहार्य आवश्यकता महशुस गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२०२५ कार्यकालका लागि सदस्य पदमा उम्मेद्वारी दिएको यहाँहरुलाई अवगत गराउँदछु ।
पत्रकारितामा स्नातकोत्तर सम्म र कानुन संकायमा स्नातक सम्मको अध्ययनलाई सदुपयोग गर्दै पत्रकारिता, सामाजिक उत्थान, मानवअधिकार र न्यायका क्षेत्रमा कृयाशील रहँदै झण्डै दुई दशक भन्दा लामो अनुभवलाई अवलम्बन गर्दै गैरआवासीय नेपाली संघको अभियानमा प्रत्यक्ष सहभागी हुँदै आए पनि सन २०१७ मा मात्रै पंन्जिकृत सदस्य हुँदै मध्यपूर्व मिडिया संयोजक, आईसीसी यूवा विभाग अन्तरगत ग्लोबल मिडिया संयोजक, एनसीसी सचिव, श्रमिक विभाग लगायत संघको विभिन्न जिम्मेवारी सम्हाल्दै आएको यहाँहरुलाई अवगत नै छ ।
सन् २०१० देखि नै एनआरएनएको मध्यपूर्व, एसिया प्यासिफिक, यूरोप, अफ्रिका, अष्ट्रेलिया र अमेरिका क्षेत्रसँग जोडिएर काम गरे पनि सन् २०१६ देखि हस्पिटालिटी, निर्माण तथा ट्रेडिङ, रेष्टुरेण्ट एण्ड क्लब, कन्सल्टेन्सी आदी व्यवसायहरु सञ्चालनका अलवा विभिन्न संघसंस्थामा बरिष्ठ सल्लाहाकार, प्रेस सल्लाहकार, सचिवालय संयोजक, मिडिया विभाग संयोजक, कानुनी तथा नीति विभाग संयोजक, विधान मस्यौदा समिति संयोजक, पदाधिकारी लगायत विभिन्न जिम्मेवारी बहन गर्दै व्यवसायबाट प्राप्त मुनाफाको केहि अंशलाई मानविय कार्यमा समर्पण गर्नुपर्दछ भन्ने मुख्य अभिप्रायका साथ सामाजिक अभियानमा लागेको कुरा यहाँहरुलाई जानकार नै हुनुहुन्छ ।
कोरोना कहरको विषम प्रस्थितिमा गैरआवासीय नेपाली संघ मध्यपूर्वको मिडिया विभागको नेतृत्व सम्हाल्दै यश यस क्षेत्रमा नेपाली समुदायलाई कत्ती पनि विचल्ली हुन नदिन सत्य तथ्य सूचना प्रवाह गरी सुसूचित, उद्दार र राहतमा प्रत्यक्ष सहभागी भएको र भयावह कहरमा समेत आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी गैरआवासीय नेपाली संघ, कुटनीतिक नियोग, कतार सरकार र नेपाली समुदायले सुम्पिएको महत्वपूर्ण जिम्मेवारीलाई कुशल कार्य कौशलता र तथ्यपरक ढंगबाट तोकिएको समय सीमाभित्रै सम्पन्न गरी सुम्पिएका अनुभवहरूले अनन्त उर्जा मिल्ने गरेको छ ।
अग्रजहरुको अनुभव र आर्जनलाई सम्मान गर्दै विचार र ज्ञानको ठूलो भण्डार रहेको गैरआवासीय नेपाली संघको उद्देश्य र एनआरएन अभियानबाट अहिलेसम्म प्राप्त उपलब्धिलाई हृदयङ्गम गर्दै यसको मर्म, भावना र उदेश्य अनुरुप संस्थालाई अघि बढाउन हरदम लागिरहने अठोटका साथ यो उम्मेद्वारी प्रस्तुत गरेको छु ।
सामाजिक कार्य प्रति उत्प्रेरित भई समाज प्रतिको मेरो उत्साह, लगनशीलता एवं क्रियाशीलतालाई यहाँहरुले दिनुभएको साथ, शुभेच्छा, प्रेरणा, हौसला, समर्थन र सल्लाह बमोजिम संघको केन्द्रीय कार्यकारी भुमिकामा रहि मध्यपूर्वमा रहेका नेपालीहरूलाई यसको पवित्र अभीष्टलाई मूर्तरुप दिन, नेपाली पहिचान, कला, संस्कृति, व्यक्तित्व, आर्थिक आदि अवस्थाहरूलाई समृद्ध बनाउन र सामाजिक रुपान्तरण गर्ने प्रतिबद्धता सहित संघलाई श्रमिक मैत्री, भ्रष्टाचार मुक्त र संघको छवि उच्च राख्ने मुख्य अभिप्रायका साथ मैले २०२३–२०२५ कार्यकालको लागि आईसीसी सदस्य पदमा उम्मेद्वारी दर्ता गराएको छु ।
यहाँहरुको माया, साथ, समर्थन, उत्प्रेरणा र हौसलाको सधैं ऋणी रहने छु र घोडा चड्ने मान्छे लड्छ भनेझै म बाट हुने मानवीय एवं प्राविधिक त्रुटीहरू रहेमा क्षमायाचना सहित यहाँहरुको सत्मार्गदर्शनको अपेक्षा सहित यहाँहरुले आसन्न निर्वाचनमा मलाई अत्यधिक मतले विजयी गराईदिनुहुन सम्पूर्ण पञ्जिकृत सदस्यहरु ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु ।
दिपजंग शाह ठकुरी
उम्मेदवार : आईसीसी सदस्य ( २०२३–२०२५)
गैरआवासीय नेपाली संघ कतार