दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारको आगामी कार्यकाल २०२३-२०२५ को लागि द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेछाप निवासी सामुयल सुनुवार "साम" आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छ्न ।
सामाजिक संजालमा लेख्दै सामले गैरआवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकालको कार्यसमितिमा रहेर यहाँहरु सगै हातेमालो गर्ने इच्छा रहेता पनि विशेष कारणबश उम्मेदवारी फिर्ता लिएको जानकारी गराउन चाहेको बताएका छ्न ।
वर्तमान कार्यसमितिमा सांस्कृतिक संयोजक रहेका उनले कतारमा रहेको सिङ्गो नेपाली र नेपालको प्रतिनिधित्व गर्दै कला र संस्कृतिमार्फत विश्वलाई चिनाउने व्यक्तित्वका रूपमा चिनिन्छन् l
सामले सामाजिक संजालमा लेखेको जस्ता तस्तै
आदरणीय समाजसेवी एबम बुद्दिजिबी अग्रजज्युहरु, मित्रहरु, सामाजिक अभियन्ता तथा परिषद सदस्य ज्युहरु साथै सम्पुर्ण कतारबासी नेपाली दाजुभाई दिदीबहिनिहरु प्रीय कलाकारहरुमा न्यानो अभिबादन सहित नमस्कार🙏🙏
विषय :- उम्मेदवारी फिर्ता लिएको सम्बन्धमा।
गैरआवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामी २०२३/२०२५ कार्यकालको कार्यसमितिमा रहेर यहाँहरु सगै हातेमालो गर्ने इच्छा रहे ता पनि विशेष कारणबश उम्मेदवारी फिर्ता लिएको जानकारी गराउन चाहन्छु।
कारणहरु :-
१) सर्व प्रथम आफुले नेतृत्व लिएको/आफू आबद्द रहेको संस्थाको पुर्ण जिम्मेवारी निभाउन सक्नु पर्दछ, विभिन्न संस्थाहरुमा आबद्द हुँदा समयको अभाव हुन सक्छ। पद मात्रै लिएर हुदैन, जिम्मेवारी निभाउन सक्नु पर्दछ।
२) समाज सकारात्मक रुपमा संगठित नभएको देख्दा सहज रुपमा काम गर्ने वातावरण पनि देखिएको छैन।
३) मैले त्यो पद ओगट्नु भन्दा अर्को इच्छुक ब्यक्तिले मौका पाउनु हुनेछ।
४) गैरआवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद कतार सग प्रत्यक्ष/अप्रत्यक्ष साथ-सहयोग हिजो पनि थियो र हमेशा रहि रहने छ।
तपाईंहरुले दिनु भएको माया साथ हौसला सदैब मन मुटु❤️ मस्तिष्कमा यो एक मुठी अन्तिम सास रहुन जेल सम्म रहनेछ❤️
मेरो प्रतिक्रिया बाट कहीं कतै कसैलाई ठेस पुगेको भए क्षमा प्रार्थी छु🙏
हार्दिक धन्यवाद🙏
सामुयल सुनुवार "साम"