दोहा - एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि सदस्य पदमा हिरामणि सुनारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छ्न ।
वैदेशिक रोजगारिको शिलसिलामा बिगत लामो समयदेखी कतारलाई कर्मथलो बनाएका सुनारले श्रमिकहरूको हकहितका लागि कतारमा स्थापित सामाजिक संघसंस्थासँग काम गरेको अनुभवलाई अझ संस्थागतरूपमा श्रमिकहरूको निम्ति कार्य गर्ने उद्देश्यले उम्मेद्वारी घोषणा गरेको बताए ।
उनले वैदेशिक रोजगारीको सिलसिलामा कतारलाई कर्मथलो बनाई बस्ने बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियन्ता, व्यवसायी, पञ्जीकृत सदस्यहरू, गैर आवासीय अभियान्ताहरुसमक्ष आफूलाई सहयोग गर्दै विजयी गराउन अपिल गरेका छन् । उनले उम्मेद्वारी घोषणासँगै आफ्ना केही प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।
सुनारले सामाजिक संजालमा घोषण गरेका आफ्ना प्रतिबद्धता हरु ...
गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३ - २०२५ कार्यकालको लागि कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा साथै हार्दिक अपिल:
आदर्णीय पंजीकृत सदस्यज्यूहरु, गैरआवासीय अभियान्ता ज्यूहरु, कतारमा स्थापित नेपालि संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु एबम बुद्धिजीवी तथा सामाजिक अभियान्ता ज्यूहरु सबैमा हार्दिक नमस्कार!
म हिरामणि सुनार, बिगत लामो समय देखि कतारमा श्रम गर्दै आईरहेको र शुरुका दिन देखिनै सामाजिक संस्थामा विभिन्न पद र पद बाहिर रहेर कार्यरत रहेको यहाँहरु सबैमा अबगतनै छ। यतिबेला गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको कार्यसमिति सदस्य पदको जिम्मेवारी संगै आम सर्वसाधारण तथा श्रमिकहरुको मुद्दा उठाई कार्यान्वयन गर्न र गराउन कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने बाटो खुलाई सहयोग र सद्धभावका लागि हार्दिक आभार प्रकट गर्दछु ।
बिगतमा सामाजिक संस्थामा द्वारा घोषित कार्यक्रमहरुमा बाकि रहेका कामहरुको निरन्तरता साथै तल उल्लेखित कामहरु गर्ने प्रतिबद्धता यहाँहरु माझ ब्यक्त गर्दै कार्यसमिति सदस्य पदमा उम्मेद्ववारी घोषणा गरेको सहर्ष जानकारी गराउदछु साथै यहाँहरुको साथ, सहयोग र समर्थनको लागि हार्दिक अपिल गर्दछु ।
१. एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन सशक्त र प्रभाबकारी बनाईने छ ।
२.नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्ने कार्यका कार्य सम्पन्न गर्नका लागि यथासम्भब प्रयास गरिनेछ ।
३, नेपालीहरु कतार आउदा कतारको भाषा, धर्म, सस्कृति र भौगलिक अवस्थाका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनमुलक कार्यक्रमको आयोजना गरिनेछ ।
४. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरिने छ र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणममुखी वनाउनका लागि पहल गरिनेछ ।
५.नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्याहरु र नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरिनेछ ।
६. कतार सरकारको सम्वन्धित निकाय, नेपालि नियोग र कतारमा स्थापित संघसंस्थाहरु संगको सहकार्यमा नेपाली श्रमिकहरुका लागि चेतनामुलक कार्यक्रमहरु प्रभाबकारी र ससक्त रुपमा संचालन गरिनेछ ।
७, एनसीसी कतार द्वारा गरिने कार्यक्रमहरुमा कतारमा स्थापित नेपालि संघसंस्थाहरुसंग सहकार्य र सहभागिताका लागि थप प्रभाबकारी भूमिका निर्बाह गरिनेछ ।
८, कतारमा श्रम गरिरहेका नेपालि श्रमिकहरुलाई सामाजिक सुरक्षाका बारेमा सचेतनामुलक कार्यक्रम द्वारा आबद्धता गराउन पहल गरिनेछ ।यहाँहरुको साथ, सहयोग र समर्थनका लागि हार्दिक अपिल सहित,
हिरामणि सुनार
पंजीकृत सदस्य नम्बर: QA01000741
२०२३- २०२५ कार्यकालका लागि कार्यसमिति सदस्य पदको उम्मेदवार