दोहा - एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि सदस्य पदमा मणिराज स्याङ्तान तामाङले आफ्नो उम्मेद्वारी दर्ता गराएका छ्न ।
वैदेशिक रोजगारिको शिलसिलामा सन : २०११ देखी कतारलाई कर्मथलो बनाएका तामाङले श्रमिकहरूको हकहितका लागि कतारमा स्थापित सामाजिक संघसंस्थासँग काम गरेको अनुभवलाई अझ संस्थागतरूपमा श्रमिकहरूको निम्ति कार्य गर्ने उद्देश्यले उम्मेद्वारी घोषणा गरेको बताए ।
उनले वैदेशिक रोजगारीको सिलसिलामा कतारलाई कर्मथलो बनाई बस्ने बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियन्ता, व्यवसायी, पञ्जीकृत सदस्यहरू, गैर आवासीय अभियान्ताहरुसमक्ष आफूलाई सहयोग गर्दै विजयी गराउन अपिल गरेका छन् । उनले उम्मेद्वारी घोषणासँगै आफ्ना केही प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।
तामाङले सामाजिक संजालमा घोषण गरेका आफ्ना प्रतिबद्धता हरु ...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद २०२३–२०२५ कार्यकालको लागि कार्यसमिति सदस्य पदमा मेरो उम्मेदवारी ।
आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, कतारमा स्थापीत संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासिय नेपाली संघका अभियानका अग्रज तथा सामाजिक अभियन्ता ज्यूहरू, बुद्धिजीवी तथा व्यवसायी, परिषद सदस्य ज्यूहरू एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार।
बिगत 13 बर्ष देखी कतारलाइ कर्मथलो बनाइ 2021/2023 नेपाल प्रबासी तामाङ समाज कतारको कार्य समितिमा रहेर सामाजिक अभियानमा लागेको कुरा यहाँहरुलाइ जानकारी गराउन चाहे ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सन् 2023को पन्जिकृत सदस्य हुदै सभ्य समाजको निर्माण असल युवाको अभियानको उदेश्यले अझै यस सस्था मा रहेर अझै सिक्ने र अरु ससक्त रुपमा तनमन दिएर सस्थालाई सामाजिक रुपमा रुपान्तरण गर्दै नेतृत्वको लागि कार्यदक्षता र अनुभवको आधार युवा श्रमिकहरुको पहुँच युक्तNRNA NCC बनाउनका लागि मैले पनि २०२३-२०२५ कार्यकालको लागि कतारबाट कार्यसमिति सदस्यमा मेरो उम्मेदवारी दिएको छु। आसन्न निर्वाचनमा मलाइ यहाँ रहनु भएका सम्पुर्ण पञ्जिकृत सदस्यहरुले बिजयी गराईदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु।।
मणिराज स्याङ्तान तामाङ
कार्यसमिति सदस्य पदको उमेदवार
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार
।