झापा- कमल गाउँपालिका ३,स्थित केर्खा बजारमा याक्थुङ लिम्बु जातिको मुन्धुम अनुसार मौलिक पहिचान बोकेको प्रतिक “सिलाम् साक्मा” एक औपचारिक कार्यक्रमका बिच स्थापना गरिएको छ ।
साउन २ गते विधिवत रुपमा स्थापना गरिएको सिलाम् साक्मा उद्घाटन कार्यक्रम निर्माण समितिको संयोजक गोपाल साम्रा को अध्यक्षतामा प्रमुख अतिथि किराँत याक्थुमङ चुम्लुङका केन्द्रिय सदस्य चन्द्रकला लिम्बु , विशेष अतिथि याक्थुङ युवा मञ्चको केन्द्रिय अध्यक्ष राजेन्द्र इधिङ्गोले अनावरण गर्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय गान , मौन धारणा बाट सुरु हुदै याक्थुङ जातिको संस्कृति भेषभुषामा च्याबुंङ बजाई स्वागत गरीएको थियो ! भने प्रमुख अतिथिको बाहुली बाटै सिलाम् साक्मा निर्माण सहयोगी दाताहरूलाई , निमार्ण समितिलाई खादा ओढाई सम्मान गरिएको थियो भने तुतुमेह़ाङ जेष्ठ नागरिक उच्च सम्मान गरिएको थियो त्यस्तै दमक निवासी बन्दना नेम्वाङ किराँत याक्थुङ चुम्लुङकी जिल्ला सदस्यले पहिचानको आन्दोलनमा बिराटनगरमा प्रहरीको लाठी चार्ज बाट घाइते एवम पक्राउ परेका कमलवाशी नरेहाङ लिम्बु, खड्ग पाङ्गेन र सुमन केरुङलाई सिलाम साक्मा लगाएर सम्मान गरिएको थियो!
किराँत याक्थुमङको मुन्धमअनुसार पृथ्वी तलमाथि मुख्य नौ देवलोकहरू भएकाले देवताको थान वा आराधना स्थल बनाउँदा नौ तला , सात तला बनाई पुजा अर्चना गर्ने परम्परा लिम्बु जातिहरूको प्रचलित रीतिमा पाईन्छ ।
पृथ्वी लेखी माथिका देवलोकमा पृथ्वीलोक, आत्मा लोक,आकाश लोक, न्याय लोक, सत्यलोक, उज्ज्वल लोक, तप लोक,पवित्र लोक बैकुण्ठ लोक रहेका छन् । त्यसलाई लिम्बु समुदायमा जन्मदेखि मृत्यु सम्म विभिन्न तिनै नौ लोक का आधारमा संस्कार मनाइने परम्परा रहेको छ । यिनै नौ ग्रहको पुजा गर्ने विधिविधान रहेको र तिनै नौ ग्रहलाई एकमुष्ट भन्दा सिलाम् साक्मा नामले बोलाउने गरिएको सिलाम् साक्मा बारे किराँत याक्थुमङ चुम्लुङ का जिल्ला प्रमुख सल्लहाकार सुर्य प्रसाद लिम्बुले बताउनु भयो ।
सिलाम् साक्मा भएको स्थानमा कुनै पनि गलत काम हुदैन भन्ने जनविश्वास समेत रहेको लिम्बुले बताउनु भयो ! कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चन्द्रकला आङदेम्बेले आफू लिम्बु /याक्थुङ भाषा खासै बोल्न नआए पनी संस्कार संस्कृती जगेर्णा गर्नुपर्छ भन्ने कुरामा आफू लागिपर्दै आफ्नो समुदायको मातृ सस्था किराँत याक्थुङ चुम्लुङमा अहिले केन्द्रिय सदस्य भएर पनि यसरी तपाईहरु माझ कुरा राख्न पाएको भन्दै केर्खा बजारको चौकमा यसरी सिलाम साक्माको स्तम्भ स्थापना गरेकोमा सम्पुर्ण अभियान टोली र जुट्नु हुने सबैलाई धन्यवाद दिएकी थिईन। त्यस्तै बिशेष अतिथी याक्थुङ युवा मञ्च केन्द्रिय अध्यक्ष राजेन्द्र इधिङ्गोले केर्खामा याक्थुङ लिम्बु समुदायहरूको मौलिक प्रतीक सिलाम साक्मा आम याथुङ्हरुको प्रत्यक्ष सरोकार रहेपनि कसैले यसको स्तम्भ गाड्न सकेको थिएन र सबैभन्दा ठूलो सिलाम साक्मा खडा गर्ने याक्थुङ युवा मञ्चको उदेश्य भएको भएपनि यो केर्खाबासीहरुले पुरा गरेको भन्दै आयोजक समितिलाई धन्यवाद दिएका थिए। कार्यक्रममा प्रत्येक वडा बाट च्याबुङ टोली उपस्थित थिए भने कमल देखि अन्य ठाउँहरु बाट सहभागिता रहेको थियो ! सिलाम साक्मा निर्माणका लागी सहयोगी दाताहरू :.
1. गौरीमान फागो। ( कमल ३ ) - १११११
2. बिजय आङबुहाङ ( कमल ३ ) - १००००
3. अर्जुन मेन्याङबो ( कमल ३ ) - ७५१०
4. नरेन हाङ्ग लिम्बु ( कमल ३ ) - ५५५५
5. प्रकाश आङबो ( कमल ३ ) - ५५००
6. छत्रहाङ फागो ( कमल ३ ) - ५०००
7. सुर्य प्रसाद लिम्बु( कमल ४ ) - ५०००
8. मन कुमार थलङ ( कमल ३ ) - ५०००
9. कमल कुमार फागो( कमल ३ )- ५०००
10. बसन्त राज सुब्बा( कमल ३ ) - ५०००
10. चन्द्र फागो ( कमल ३ )- ५०००
12. प्रेम मेन्याङबो ( कमल ३ )- ५०००
13. आशा लिम्बु राई ( कमल ). - ५०००
14. अशोक कुमार लिम्बु ( कमल २) - ५०००
15. रञ्जन सुब्बा ( कमल ३) - ५०००
16. दिल बहादुर लावती ( कमल ३ ) - १०००
र दिप चन्द्र लिम्बु निर्माणका लागि आवश्यक सामग्री सहयोग गरेको छ !
मन्तव्य क्रममा अतिथि बौद्धिक सामाजिक व्यक्तित्व ज्ञानु इम्बुङ , कमल प्रमुख सल्लहाकार बल नाथ नाल्बो , कवीन्द्र शेर्माले आ आफ्नो भनाई राखेको थियो !
अतिथिहरूमा झापा जिल्ला प्याप्सनका अध्यक्ष गौरी मान फागो , याक्थुङ चुम्लुनङ जिल्ला सदस्य मन कुमार थलुङ , इन्द्र सोदेम्बा , दिव्या लिम्बु , चुम्लुङ कमल अध्यक्ष दिवस लिम्बु , सामाजिक व्यक्तित्व छत्र हाङ फागो , गौरी चापागाई लगायत उपस्थित रहेको थियो !
भने कार्यक्रम विरेन्द्र कुमार याक्थुम्वा (सुवास)द्वारा सञ्चालित कार्यक्रममा उपस्थितहरु माझ समिति सचिव आशिष लेछर्बोले स्वागत मन्तव्य राखेका थिए कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष गोपाल शाम्राले हामी याक्थुङ लिम्बू समुदायहरूमा प्रयोग गर्दै आएको सिलाम साक्मा यसको बारेमा बुझ्ने हो भने सबै समुदायहरूमा पनि त्यतिकै अर्थपूर्ण रहेको हुदा केर्खामा यो स्थापना हुदा हामी सबैको लागी खुशीको कुरा हो। र यसलाई निमार्ण कार्यमा आर्थिक सहयोगी हरु, अभियन्ता हरु सहभागी कलाकार र कार्यक्रम भव्य रुपमा सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सबैलाई धन्यवाद दिदै यो समितिले फेरि पनी यस्ता काम गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए। र कार्यक्रम सकेपछि धेरै बर्ष पछि केर्खामा लाग्ने राकेमेलाको स्मरण गराउदै रात साझ धाननाच क्रम चलेको थियो