दोहा - एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि सदस्य पदमा कुसुम लिम्बुले आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन् ।
वैदेशिक रोजगारिको शिलसिलामा सन : २०१४ देखी कतारलाई कर्मथलो बनाएकि लिम्बुले श्रमिकहरूको हकहितका लागि कतारमा स्थापित सामाजिक संघसंस्थासँग काम गरेको अनुभवलाई अझ संस्थागतरूपमा श्रमिकहरूको निम्ति कार्य गर्ने उद्देश्यले उम्मेद्वारी घोषणा गरेको बताइन ।
उनले वैदेशिक रोजगारीको सिलसिलामा कतारलाई कर्मथलो बनाई बस्ने बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियन्ता, व्यवसायी, पञ्जीकृत सदस्यहरू, गैर आवासीय अभियान्ताहरुसमक्ष आफूलाई सहयोग गर्दै विजयी गराउन अपिल गरेका छन् । उनले उम्मेद्वारी घोषणासँगै आफ्ना केही प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।
लिम्बुले सामाजिक संजालमा घोषण गरेका आफ्ना प्रतिबद्धता हरु ...
गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३ - २०२५ कार्यकालको लागि कार्यसमिती सदस्य पदमा उम्मेदवारी घोषणा साथै हार्दिक अपिल:
आदरणीय पंजीकृत सदस्यज्यूहरु, गैरआवासीय अभियान्ता ज्यूहरु, कतारमा स्थापित नेपालि संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु एबम बुद्धिजीवी तथा सामाजिक अभियान्ता ,पत्रकार ज्यूहरु सबैमा हार्दिक नमस्कार
म कुसुम लिम्बु २०१४ देखि कतारमा श्रमिकका रूपमा कार्यरत हुँदै नेपाली श्रमिकहरुको हकहितको लागी कतारमा स्थापित सामाजिक संघसंस्था संग सहकार्य गर्र्दै अझ सस्थागत रुपमा श्रमिकहरुको निम्ति कार्य गर्ने उद्देश्यले सोही कार्यलाई निरन्तरता दिनका लागि मैले गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३ - २०२५ कार्यकालको कार्यसमिती सदस्य पदमा उम्मेद्ववारी घोषणा गरेको सहर्ष जानकारी गराउदछु साथै यहाँहरुको साथ, सहयोग र समर्थनको लागि हार्दिक अपिल गर्दछु
कुसुम लिम्बु
पंजीकृत सदस्य नम्बर: QA01000144
२०२३- २०२५ कार्यकालका लागि कार्यसमिती सदस्य पदको उम्मेदवार