दोहा : एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि सदस्य पदमा प्रेम कुमार बस्नेतले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
एक दशकदेखि कतारलाई कर्मथलो बनाएका बस्नेतले श्रमिकहरूको हकहितका लागि कतारमा स्थापित सामाजिक संघसंस्थासँग काम गरेको अनुभवलाई अझ संस्थागतरूपमा श्रमिकहरूको निम्ति कार्य गर्ने उद्देश्यले उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।
उनले वैदेशिक रोजगारीको सिलसिलामा कतारलाई कर्मथलो बनाई बस्ने बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियन्ता, व्यवसायी, पञ्जीकृत सदस्यहरू, गैर आवासीय अभियान्ताहरुसमक्ष आफूलाई सहयोग गर्दै विजयी गराउन अपिल गरेका छन् । उनले उम्मेद्वारी घोषणासँगै आफ्ना केही प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।
बस्नेतले सामाजिक संजालमा घोषण गरेका आफ्ना प्रतिबद्धता हरु ...
आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु,कतारमा स्थापित सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैर आवासीय नेपाली सङ्घका अभियन्ता अग्रज तथा सामाजिक व्यक्तित्व ज्यूहरू, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य ज्यूहरू एवं पत्रकार मित्रहरूमा हार्दिक नमस्कार ।
करिब १०बर्ष देखी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रही आएको छु , गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको "२०२३ - २०२५" को लागी सदस्य पदमा उम्मेदवारी घोषणा गरेको सहर्ष जानकारी गराउँदछु ।
तसर्थ कतारमा स्थापित विभिन्न संघसंस्थासँग समन्वय गर्दै यस संस्थालाई श्रमिकमैत्री, सफल र निष्पक्ष बनाउन पहलकदमी लिनुका साथै तमाम श्रमिकहरूको हक हितका लागि समाजसेवामा अझ समर्पित रहनेछु, मजदुरको शक्तिमा विश्वास गर्ने हुँदा श्रमिकको उम्मेदवारको रूपमा प्रतिनिधि उम्मेदवार भएकोले अझ संस्थागत रूपमा अगाडि बढ्न यहाँहरूको अमूल्य साथ र सहयोगको अपेक्षा गर्दछु ।
प्रेम कुमार बस्नेत
सदस्य पदको उम्मेदवार
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतार