दोहा, तिलबिक्रम थेबे - कतारमा गुर्खा रेष्टुरेन्ट निकै लोकप्रिय छ, रेष्टुरेन्टको लोकप्रियता र आफनो मेहनतले पुर्वेली युवा रेष्टुरेष्ट व्यवसायी भनेर चिरपरिचित भएका गुर्खा रेष्टुरेन्टकै संचालक खडक बहादुर फागोले आसन्न एनआरएनए एनसीसी कतारको २०२३–२०२५ कार्यकालको लागि तृतीय उपाध्यक्षमा आफनो उमेदवारी दिएकाछन् ।
एनआरएनए एनसीसी कतार कतारमा रहेका नेपाली समुदायको साझा प्लेटफर्म हो र यो साझा संस्थामा समावेसिता र सहकार्य महत्वपुर्ण हुने भएकोले सवै वर्ण, वर्ग र समुदायको सफल प्रतिनिधित्व हुनु आवश्यक भएकोले आफुले उमेदवारी दिएको बताउदै आफु २०२१–२०२३ कार्यकालमा पनि एनसीसी कार्यसमितिमा निर्वाचित भई कतारस्थित नेपाली समुदाय र समाजको निमित्त आफुले गर्न सकेको योगदान पुरयाई रहेको स्पष्ट पारे ।
कतारमा बसोवास गरिरहेका धरानवासीहरुको सामाजिक संस्था डीओडी मार्फत पनि समाजसेवा गरेका फागो ईलाम सेवा समाज कतारका वर्तमान अध्यक्ष समेत हुन् ।
फागो किरात याक्थुङ चुम्लुङ कतारको वर्तमान सल्लाहकार पनि हुन् ।कतारस्थित नेपाली समुदाय विचमा विवादरहितको व्यवसायी मध्येमा रेष्टुरेन्ट व्यवसायी फागो पनि पर्दछन् ।
२०२१–२०२३ कार्यकालमा पनि एनसीसी कार्यसमितिमा निर्वाचित फागोले एनआरएनए एनसीसीमा आफुले संस्थाको महत्वपुर्ण जिम्मेवारी लिएर जिम्मेवार पदाधिकारीको रुपमा आगामी २०२३–२०२५ मा काम गर्न चाहेको बताउदै आफलाई साथीहरुले निर्वाचित गर्नेछन् भनेर ढुक्क रहेको बताए ।
तृतीय उपाध्यक्षका उमेदवार बन्दैगर्दा आफुलाई सवैले जनजाति मध्येकै एकजना उमेदवार हो या कुनै वैचारिक संगठनबाट हो भन्ने हिसावले आफुलाई इंगित गरिएको भएपनि आफनो उमेदवारीले सवै वर्ण जात, जाति, समुदाय, सस्था संगठनको लागि प्रतिनिधित्व गर्न चाहेको बताए । एनआरएनए एनसीसीमा साथीहरु कसरी निर्वाचित हुन्छन् ? निर्वाचनताका वैचारिक संगठन र अन्य सामाजिक संघसस्थाहरुको के कस्तो संस्कार र भुमिका रहदै आएको छ ? भन्ने बहसको एउटा अलग पाटो होला तर आफु भने तटस्थ र सवै तह र तप्काको केन्द्रविन्दुलाई छोएरै वर्ग, समाज, समुदाय ,समानता, संस्था र संगठनको हिसावले निक्ष्पक्ष उमेदवारको रुपमा खडा भएको बताए ।
तृतीय उपाध्यक्षका उमेदवार फागोले अन्य उमेदवारहरुसंग वैचारिक सामाजिक प्रतिस्पर्धात्मक वा प्रतिकात्मक चुनावी लडाई या पक्ष विपक्षको रुपमा उमेदवारी दिएको नभै स्वफुर्त सामाजिक काम र सत्कर्म गर्न यो उमेदवारी दिएको बताए ।
आफुलाई साझा, एक्लो, व्यक्तिगत, सांगठनिक उमेदवार भन्ने उमेदवारका रुपमा नभएर आफुलाई कतारको नेपाली समाज, समुदाय र संस्थागत मुन्यमान्यता प्रतिको राम्रो अनुभव भएको र समग्र कल्याणकारी कामको लागि काम गर्न सक्ने भावना, संकल्प र क्षमता समेत भएकोले समाज र समुदायको सेवकको रुपमा उमेदवारी दिएको सपष्ट पार्दै आफुलाई परिषद सदस्य साथीहरुले समाज सेवा गर्ने भावना र संकल्प बोकेको खडक बहादुर फागोलाई तृतीय उपाध्यक्षमा निष्पक्ष मत दिएर निर्वाचित गराउनु हुनेछ र फागोलाई एनआरएनए एनसीसीमा विशुद्ध सामाजिक अनुहारमा सामाजिक काम गर्ने मौका दिने कुरामा आफु विश्वस्त रहेको बताउदै परिषद साथीहरुले आफुलाई मत दिएर जिताउन हार्दिक अपीलसमेत गरेकाछन् ।