दोहा, कतार : एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि सहकोषाध्यक्ष पदमा इलामका नन्दी केशर पोखरेलले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । एक दशकदेखि कतारलाई कर्मथलो बनाएका पोखरेलले श्रमिकहरूको हकहितका लागि कतारमा स्थापित सामाजिक संघसंस्थासँग काम गरेको अनुभवलाई अझ संस्थागतरूपमा श्रमिकहरूको निम्ति कार्य गर्ने उद्देश्यले उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।
उनले वैदेशिक रोजगारीको सिलसिलामा कतारलाई कर्मथलो बनाई बस्ने बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियन्ता, व्यवसायी, पञ्जीकृत सदस्यहरू, गैर आवासीय अभियान्ताहरुसमक्ष आफूलाई सहयोग गर्दै विजयी गराउन अपिल गरेका छन् । उनले उम्मेद्वारी घोषणासँगै आफ्ना केही प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।
पोखरेलले सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेका प्रतिबद्धताहरु
गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३ - २०२५ कार्यकालको लागि सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गद्छु |
आदरणीय पंजीकृत सदस्यज्यूहरु, गैरआवासीय अभियान्ता ज्यूहरु, कतारमा स्थापित नेपालि संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु एबम बुद्धिजीवी तथा सामाजिक अभियान्ता ,पत्रकार ज्यूहरु सबैमा हार्दिक नमस्कार!
म नन्दि केशर पोख्रेल 2012 देखि कतारमा श्रमिकका रूपमा कार्यरत हुँदै नेपाली श्रमिकहरुको हकहितको लागी कतारमा स्थापित सामाजिक संघसंस्था सग काम गरेको अनुभवलाई अझ सस्थागत रुपमा श्रमिकहरुको निम्ति कार्य गर्ने उद्देश्यले सोही कार्यलाई निरन्तरता दिनका लागि मैले गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३ - २०२५ कार्यकालको सह-कोषाध्यक्ष पदमा उम्मेद्ववारी घोषणा गरेको सबैमा सहर्ष जानकारी गराउदछु । साथै यहाँहरुको साथ, सहयोग र समर्थनको लागि हार्दिक अपिल गद्छु | नन्दि केशर पोख्रेल
२०२३- २०२५ कार्यकालका लागि सह - कोषाध्यक्ष पदको उम्मेदवार
१. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार लाई श्रमिक मैत्री बनाउने,श्रमिकको हितका कार्यक्रम ल्याउने र नेपाल सरकार बाट घोषणा गरिएको सामाजिक सुरक्षा कोषका बारेमा श्रमिकहरुका माझ सचेतना/ जानकारी मुलक कार्यक्रम गरि आबद्धताका लागि सहजीकरण एवम् उत्प्रेरित गरिनेछ ।
२. जीवन रुपान्तरण एवम् नेतृत्व र व्यक्तित्व बिकाशका लागि विभिन्न क्षेत्रका विशेषज्ञ बाट जनस्वास्थ्य ( मानसिक र शारीरिक), तनाव ब्यबस्थापन, प्रवासको जीवनशैली, आत्म बिकाश, नेतृत्व बिकाश सम्बन्धि प्रशिक्षण र अन्तरक्रिया कार्यक्रमहरु गराइनेछ ।
३. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई मानवीय र परोकारी संस्थाको रुपमा परिचित गराउन मानवीय र परोपकारी (निशुल्क स्वास्थ्य शिविर, रक्तदान , स्वास्थ्य सम्बन्धित सचेतना कार्यक्रम) कार्यलाई प्राथमिकतामा राखिनेछ ।
४. नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि नेपाली नियोग र कतारमा स्थापित विभिन्न संघ-संस्था सग समन्वय र सहकार्य गरि अधिकतम पहल गरिनेछ ।
५. संस्थागत बिकाश र आर्थिक पारदर्शिता लाई प्रमुख प्राथमिकतामा राख्न महत्वपूर्ण भुमिका रहनेछ।
अन्तमा उपरोक्त कार्यहरुको सम्पादनका लागि मेरो उम्मेदवारी रहेको तपाईहरु सम्बद्ध सम्पुर्णमा
जानकारीका साथै यहाँ हरुको रचनात्मक सहयोगको लागि हार्दिक बिनम्र अनुरोध गर्दछु।
धन्यवाद।