दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि कार्यसमिति सदस्यमा झबिन्द्र प्रसाद बेल्वासेले उम्मेदवारी दिने भएका छ्न ।
बेल्वासेले सामाजिक संजाल फेसबुक मार्फत आगामी कार्यकालको लागि आफुले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने जनाएका हुन ।
एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ८ हजार ९५१ जना कायम भएको छ । गत २६ फेब्रुवरीदेखि १२ मे सम्म पहिलो चरणमा र २५ जुनदेखि २८ जुनसम्म दोस्रो चरणमा सदस्यता आह्वान गरिएको थिए ।संघको निर्वाचन अगामी २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाई २०२३ मा हुने कार्यतालिका रहेको छ ।
बेल्वासेले सामाजिक संजालमा लेखेका छ्न !
आदरणीय गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका २०२३-२०२५ कार्यकालका पञ्जिकृत सदस्य ज्यूहरु, गैरआवासीय नेपाली संघ अभियानका अभियान्ता तथा अग्रज ज्यूहरु साथै कतारमा स्थापित नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु सबैमा नमस्कार !
प्रबासमा श्रम गर्ने क्रममा आफ्नो रोजगारीको समयपछी बचेको समयलाई सामाजिक कार्य बिताउने क्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुमा आवद्ध रहदै नेपाली समाजमा मैले निभाएको भुमिका र सो बाट सिकेको अनुभवहरुलाई आगामी दिनहरुमा अझ स-सक्त र प्रभावकारी रुपमा सामजिक कार्यमा कार्यन्वयन गर्ने उदेश्यका साथमा आगमी २१ जुलाईमा हुने एनसीसी कतारको निर्वाचनमा कार्यसमिति सदस्य पदमा उम्मेद्बारी दिदैछु।
मेरो उम्मेदवारी लाई सहज रुपमा स्विकार्दै यहाँहरुको साथ, समर्थन र सहयोग सहित मलाई उक्त पदमा अनुमोदन गरिदिनुहुन्छ र सामजिक कार्यमा सहभागीता हुने अवसर प्रदान गरिदिनुहुन्छ भन्ने अपेक्षा सहित सबैमा हार्दिक अनुरोध गर्दछु।
झबिन्द्र प्रसाद बेल्वासे ( बिबस)
कार्यसमिति सदस्य उम्मेदवार
परिषद सदस्य नम्बर: QA01000077