दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि द्वितीय उपाध्यक्षमा युवा समाजसेवि केसव कार्कीले उम्मेदवारी दिने भएका छन् ।
कार्किले सामाजिक संजाल फेसबुक मार्फत आगामी कार्यकालको लागि आफुले द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका हुन ।
झापा जिल्लाको "झापा गाउपालिका " मा जन्मिएका कार्कीले कतारमा लामो समय देखि जागिरसँगै व्यवसाय पनि गर्दै आएका छन् । जागिर र ब्यापार दुवै भए पनि बचेको समय कार्कीले सामाजिक काममा नै खर्च गर्छन l कतारमा हुने सामाजिक सस्थाहरुको कार्यक्रममा भन्दा दुखि पिडितको स्थलमा भेटिन्छन ।
संस्थागतरूपमा उनी झापाली समाज कतारको बर्तमान अध्यक्ष, एनसिसि कतारको २०१९ -२०२१ कार्यकालको सचीवलय सदस्य लगायतमा आबद्ध रहदै सामाजिक कार्यमा अनवरत रुपमा लागिपरेका छ्न ।
एनसीसी कतार सामाजिक संस्था भएको र यसलाई थप श्रमिकमूखी बनाउँदै समाजसँग जोड्न आफूले उम्मेद्वारी घोषणा गरेको बताउदै कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैरआवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियान्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा साथ, सहयोग र समर्थनका लागि कार्कीले अपिल पनि गरेका छन् ।
एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ८ हजार ९५१ जना कायम भएको छ । गत २६ फेब्रुवरीदेखि १२ मे सम्म पहिलो चरणमा र २५ जुनदेखि २८ जुनसम्म दोस्रो चरणमा सदस्यता आह्वान गरिएको थिए ।
संघको निर्वाचन अगामी २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाई २०२३ मा हुने कार्यतालिका रहेको छ ।