दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि सचिव पदमा एक राज कटुवाल ( दिनेश ) ले उम्मेदवारी दिने भएका छन् ।
कटवालले सामाजिक संजाल मार्फत आगामी कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दिने जनाएका हुन ।
२०१३ देखि कतारमा श्रमिकका रूपमा कार्यरत हुँदै नेपाली श्रमिकहरुको हकहितको लागी कतारमा स्थापित सामाजिक संघ- संस्था संग सहकार्य गर्र्दै विशेष श्रमिकहरुको मुद्दामा काम गरेको अनुभवलाई अझ सस्थागत रुपमा श्रमिकहरुको निम्ति कार्य गर्ने उद्देश्यले सचिव पदमा उम्मेदवारी दिने जनाएका छ्न ।
संघको निर्वाचन अगामी २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाई २०२३ मा हुने कार्यतालिका बमोजिम सचीव पदमा आफ्नो पक्षमा मत राखिदिन समेत सम्पुर्णमा अनुरोध गरेका छन् ।
कटवालले सामाजिक संजाल मार्फत गरेको अपिल जस्ता तस्तै
गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३ - २०२५ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा साथै हार्दिक अपिल:
आदरणीय पंजीकृत सदस्यज्यूहरु, गैरआवासीय अभियान्ता ज्यूहरु, कतारमा स्थापित नेपालि संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु एबम बुद्धिजीवी तथा सामाजिक अभियान्ता ,पत्रकार ज्यूहरु सबैमा हार्दिक नमस्कार! 🙏🙏🙏🙏
म एक राज कटवाल (दिनेश) २०१३ देखि कतारमा श्रमिकका रूपमा कार्यरत हुँदै नेपाली श्रमिकहरुको हकहितको लागी कतारमा स्थापित सामाजिक संघसंस्था संग सहकार्य गर्र्दै विशेष श्रमिकहरुको मुद्दामा काम गरेको अनुभवलाई अझ सस्थागत रुपमा श्रमिकहरुको निम्ति कार्य गर्ने उद्देश्यले सोही कार्यलाई निरन्तरता दिनका लागि मैले एनआरएनए कतारको २०२१-२३ कार्यकाल सदस्यमा जिम्मेवारीमा आफ्नो कार्यकाल बिना बिवादित पुरा गरेको यहाँहरु सबैमा अबगतनै छ यसैलाई निरन्तरता दिदै श्रमिकको लागी श्रमिक नेतृत्व भन्ने लागेर गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३ - २०२५ कार्यकालको सचिव पदमा उम्मेद्ववारी घोषणा गरेको सहर्ष जानकारी गराउदछु साथै यहाँहरुको साथ, सहयोग र समर्थनको लागि हार्दिक अपिल गर्दछु
एक राज कटवाल (दिनेश)
पंजीकृत सदस्य नम्बर: QA0100091
२०२३- २०२५ कार्यकालका लागि सचिव पदको उम्मेदवार