दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि सचिव पदमा कास्किका अग्निधर देवकोटाले उम्मेदवारी दिने भएका छन् ।
देवकोटाले सामाजिक संजाल मार्फत आगामी कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दिने जनाएका हुन ।
लुम्ले हाल पोखरा महानगर पालिका-१८ प्रस्यांग नेपालमा घर भई विगत एक दशक भन्दा वढी समय कतारमा श्रमिकका रुपमा श्रम गरिरहेको अग्निधर देवकोटा दोहा कतारमा स्थापित नेपाली समुदाय संग पनि लामो समय देखी नै दु:ख, सुख, आदान प्रदान गर्दै अगाडि वढिरहेको छन् ।
कुनै पनि भु-धरातलमा सिमित नरही हरेक नेपाली पुग्ने र वस्ने ठाउँमा सुख, शान्ति र सम्वृद्धिको कामना र प्रार्थना गर्दै नेपाली समाजलाइ सु व्यवस्थित र विकाससिल वनाउन हरसमय एउटा इट्टा, एउटा सिपाही र एउटा सच्चा नेपाली भएर अथक यात्रिको रुपमा समाजमा आगाडी बढिरहेका छ्न देबकोटा ।
यस्तै कामना, सुभेच्क्षा र साहसका साथ सामाजिक यात्रालाई निरन्तरता दिन आसन्न गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको २०२३ – २०२५ कार्यकालमा सचिब पदमा उम्मेदवारीको निम्ती उम्मेदवारि सार्वजनिक रुपमा घोषणा गरेका छन ।
विभिन्न सामाजिक संघ सस्थामा नेतृत्त्व तहमा रहेर आफुले समाजमा गरेको कार्य अनुभबका आधारमा सचिब पदमा उम्मेद्बारी दियको देवकोटा ले बताय । देबकोटा कास्की आदर्श समाज कतारको वर्तमानअध्यक्ष,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार २०२१-२०२३ कार्यसमिति सदस्य,गण्डकी प्रदेश समन्वय परिषद,कतारको नि.सचिब तथा वर्तमान पदेन सदस्य,कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिषद, नेपालपदेन सदस्य,नेपाली रक्तदाता संघ कतार कार्यसमिति सदस्य मा रहेको र आफुले सक्दो आर्थिक नैतिक र भौतिक सहयोग समाजमा गरिरहेको पनि बताए उनले भने मेरो मुख्य प्राथमिकता श्रमिक मैत्री र आर्थिक पारदर्शितामा रहने छ उनले सम्पूर्ण पंजीकृत सदस्यज्यूहरु, गैरआवासीय नेपाली अभियान्ता ज्यूहरु, कतारमा स्थापित सम्पूर्ण नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु एबम बुद्धिजीवी,पत्रकार,कलाकार,ब्यबसायी तथा सामाजिक अभियान्ता ज्यूहरु सबैमा साथ सपोर्ट सहयोग सदभाब सुझाब र प्रतिक्रियाको लागि हार्दिक अपिल पनि गरेका छन।
अग्निधर देवकोटा
सचिब पदको उम्मेद्वार
सदस्यता न- QA01000048