दोहा : नवोदित साहित्यक वाचनलय कतारले हरेक बर्ष प्रदान गर्ने "नबोदीत कृति अवार्ड" यो बर्ष (सुलभले ) जित्न सफल भएको छ ।
दोहा नज्मा स्थित एसियन रेस्टुरेन्टको सभाहलमा शुक्रबार सम्पन्न भएको सातौ नवोदित कृति अवार्ड (शुलभ) ले जित्न सफल भएको निर्णयक समितिका संयोजक रेगिस्तानी कवि तिर्थ सङ्गम राईले जानकारी गराए ।
संस्थाका सल्लाहकार तथा साहित्यकार प्रेम प्रसाद भट्टराई, सिताराम थापा र संयोजक तिर्थ सङ्गम राई आफू सम्मीलित निर्णयक समितिले घनीभुत रुपमा अध्यन तथा छलफल गरेको र, पुरस्काको गरिमामयलाई बचाइ राख्न (शुलभ) नै उत्कृष्ट पुस्तक रहेको संयोजक राइको जिकिर थियो ।
लेखक रमजान अलि मियाको मैले देखेको कतार, दिप मिलनको सलेदो, एनबि अन्जानको मौसम र शाेभाराम ओलिको शुलभ गरि ४ पुस्तकको सहभागीता रहेको थियो । शुलभका लेखक ओलिलाई नगद पुरस्कार, ट्रफी र प्रमाण पत्रका साथ सम्मानित गरिएको थियो ।
पुरस्कार सम्मान पछि आफ्नो मन्तव्य राख्दै ओलिले आफुले कडा श्रमका बावजुटपनि "शुलभ" लेखेको र लेख्ने क्रममा धेरै दु:ख कष्ट गुजार्नुपरेको बताए । आफ्नो पुस्तकले अवार्ड पाउदा, पात्रहरुले न्याय पाएको बताउदै ओलिले कतारमै बिमोचन गर्न पाँउदा खुशी व्यक्त गरे !
एकैदिन नबोदीत कृति अवार्ड र ललित साहित्य परिषद पुरस्कार रोल्पा बाट (सिमा वारि, सिमापारी ) बाट पुरस्कार ग्रहण गरेको बताउदै आगामी दिनमा लेखनलाई अझै निरन्तरता दिने बताए ।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ति समारोह, नवोदित साहित्यक वाचनलय कतारको १५ औं अधिबेशन,सातौ नवोदित कृति अवार्ड २०८०, स्रस्टा सम्मान, नवोदित - अनेसासको साहित्यक वाचन श्रूङखला अन्तर्गत १३६ औं डवलि कार्यक्रम सम्पन्न भएको हो।