दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारको आगामी कार्यकाल २०२३-२०२५ को लागि रामेछाप निवासी सामुयल सुनुवार "साम" ले द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छ्न ।
बर्तमान कार्यसमितिमा साँस्कृतिक संयोजक समेत रहेर कुशल भुमिका निभाएका सुनुवारले आगामी कार्यकालको लागि द्वितीय उपाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।
रामेछाप जिल्लाको उमाकुण्डा गाउँ पालिका प्रीती ४ मा जन्मी वैदेशिक रोजगारिको शिलसिलामा सन : २०१४ जुलाई २३ मा कतार प्रवेश गरेका उनले बचेको समयमा सामाजिक, साँस्कृतिक तथा खेलकुदमा सक्रिय रहदै आएका छ्न ।
नेपाली मजदुरको सधै हक हितको लागि डटेर लड्नुपर्छ भन्दै आवाज उठाउने सुनुवारले बर्तमान समयमा एनसिसि कतारमा देखिएका चरम बेथिति विरुद्ध पनि आवाज उठाउदै आएका छ्न ।
उनी सुनुवार सेवा समाज शाखा, कतारका पुर्ब अध्यक्ष,नेपाल आदिबासी जनजाती महासघ, कतार सल्लाहकार, गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार सदस्य (सास्कृतिक संयोजक) रामेछाप सेवा समाज कतार विशेष सल्लाहकार लगायतका संघ संस्थामा आबद्ध रहि आएका छ्न ।
सामुयल सुनुवार "साम"ले आफ्ना प्रतिबद्धता सहित सामाजिक सन्जालमा लेखेको जस्ता तस्तै !
आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु,सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,
पन्जिकृत पार्षद सदस्य ज्युहरु सामाजिक अभियान्ता पत्रकार मित्रहरूमा सेउ/नामसेवल नमस्कार🙏
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न हुन लागेको २०२३-२५ कार्यकालको लागि द्वितीय उपाध्यक्ष पदमा मेरो उम्मेदवारी रहने जानकारी गराउदछु !
राष्ट्रिय समन्वय परिषद कतारको २०२१- २०२३ कार्यकालमा सस्कृतिक संयोजकको महत्त्वपूर्ण जिम्मेवारीमा रहि कतारमा रहेको सिङ्गो नेपाली र नेपालको प्रतिनिधित्व गर्दै कला र सस्कृती मार्फत विश्वलाई चिनाउने अबसर प्रदान गरेको गौरव ठानेको छु २०२१-२३ कार्यकालमा मलाई सहयोग गर्नु हुने कला र सस्कृतिक क्षेत्रका सम्पुर्ण कलाकार ज्युहरु दोहामा स्थापित सम्पुर्ण संघ सस्था प्रती धन्यवाद व्यक्त गर्दै मैले हासिल गरेको अनुभवलाई सामाजिक अभियान मार्फत निरन्तर कृयाशिल रहनका लागि मेरो द्वितीय उपाध्यक्ष पदको उम्मेदवारी लाई स्वीकार गरि दिनुहुनेछ भन्ने पुर्ण बिश्वास राख्दछु।
कतारमा स्थापित विभिन्न संघ संस्था संग समन्वय गर्दै यस सस्थालाई श्रमिकमैत्री बनाउन पहलकदमी लिन साथै श्रमिक हितमा समाजसेवामा अझ समर्पित रहनका लागि याहहरु सग सहयोगको अपेक्षा गर्दछु।
सामुयल सुनुवार "साम"
सास्कृतिक संयोजक
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार