दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारको आगामी कार्यकाल २०२३-२०२५ को लागि धनकुटा निवासी रबिन मगरले महासचिव पदमा उम्मेदवारी घोषण गरेका छ्न ।
बर्तमान कार्यसमितिका सचिव समेत रहेका मगरले आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।
धनकुटा जिल्लाको पाख्रीबास ५ दियालेमा जन्मी वैदेशिक रोजगारिको शिलसिलामा १५ बर्ष कतारमा बिताएका मगर बचेको समयमा सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका छ्न । धनकुटा सेवा समाज कतारका बरिष्ठ उपाध्यक्ष, नेपाल मगर संघ शाखा कतारका पूर्व सचिव तथा बर्तमान सल्लाहकार,त्यस्तै युवा तथा खेलकुदमा योगदान, संस्था संचालन र समन्वयमा विशेष दख्खल राख्ने गर्दछ्न ।
एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ८ हजार ९५१ जना कायम भएको छ । गत २६ फेब्रुवरीदेखि १२ मे सम्म पहिलो चरणमा र २५ जुनदेखि २८ जुनसम्म दोस्रो चरणमा सदस्यता आह्वान गरिएको थिय
मगरले सामाजिक सन्जालमा लेखेका छ्न !
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३-२५ कार्यकालको लागि महासचिव पदमा मेरो उम्मेद्वारी ।
आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासीय नेपाली संघको अभियानका अग्रज तथा सामाजिक अभियन्ता ज्यूहरू, बौद्धिक बर्ग, परिषद सदस्य ज्यूहरू साथै पत्रकार ज्यूहरुमा हार्दिक नमस्कार।
राष्ट्रिय समन्वय परिषद कतारको २०१९- २१ कार्यकालमा युवासंयोजक, २०२१-२३ कार्यकालमा सचिव भई कार्य गरेको कार्यानुभव, विभिन्न संघ संस्था संग समन्वय, संघलाई श्रमिकमैत्री बनाउन पहलकदमी कार्यको लागि आगामी २०२३-२५ कार्यकालको लागि महासचिव पदमा उम्मेद्वारी घोषणा गरेको छु। साथ् र सहयोगको अपेक्षा गर्दछु। भन्दै उनले भारीमतले विजयी गराउन कतारबासी सम्पुर्ण एनसिसि पार्सदहरुमा आग्रह गरेका छन् .