रोल्पा, अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले थबाङमा आगलागी पिडित जमान बुढा मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
थवाङ गाउँपालिका वडा नम्बर ३ मिरुल जेबारीका जमान बुढा मगरको गत वैशाख १० गते भएको आगलागीबाट घर जलेर पुर्णरुपमा नष्ट भएको थियो ।पिडित बुढामगरलाई अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले आर्थिक अभियान सञ्चालन गरी रु १ लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम संस्थाका केन्द्रिय अध्यक्ष डिलाराम वलीको प्रत्यक्ष उपस्थितिमा गत असार २४ गते (आइतबार) पिडित बुढामगरको परिवारलाई हस्तान्तरण गरीएको बताएका छन।
पिडित परिवारलाई आर्थिक सहयोग गर्नको लागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय सचिव रमेश बुढामगरको संयोजकत्वमा आर्थिक अभियान सञ्चान गरिएको थियो। अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष डिलाराम वलीको अध्यक्षतामा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम भएको थियो ।आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिमा थवाङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला बुढामगर रहेकी थिइन भने विशिष्ट अतिथिमा थवाङ गाउँपालिकाका वडा नम्बर ३ मिरुलका वडा सदस्य धनबल रोका मगर लगायत स्थानिय दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।
त्यसैगरी राहत बितरण कार्यक्रममा समाजसेवी हेमन्त बुढामगर, अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय सचिव रोशन गिरी, केन्द्रिय सदस्य धनमाया रोका, समाजसेवी प्रवेश रोका मगर, सिमसार आमा समुहका अध्यक्ष राजकुमारी बुढामगर, समाजसेवी केशर बुढा मगर, विवेक पुन, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगाएत स्थानीयको उपस्थितीमा पिडित बुढामगरलाई आर्थिक रकम सहयोग गरेको अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष डिलाराम वलीले मुग्लानी खबरलाई बताएका छन।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले स्थापना काल देखि नै रोल्पाली तथा गैर रोल्पाली दाजुभाइ दिदीबहिनी,गरिब पिडित ,रोगी बिपन्न परिवारलाई सहयोग गर्दै आएको छ।