दोहा,राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क बिभाग कतार अन्तर्गतको दोहा ईकाई समिति गठन भएको छ।प्रवास नेपाली सम्पर्क बिभाग केन्दीय समिति कतारका सभापति अब्दुल करिम मियाको अध्यक्षतामा कार्यसमितिको दोस्रो पूर्ण बैठक बसेको हो।यसैक्रममा दोहा यरिया भित्र रहेका रास्वपाका सदस्यहरुको उपस्थितिमा गणेश थापाको संयोजकत्वमा १७ सदस्यीय दोहा इकाई समिति गठन भएको हो।
नवगठित दोहा ईकाई कार्यसमितिमा सभापति गणेश थापा, उप-सभापति - धन कुमार बि.क.,महा-मन्त्री - प्रेम बहादुर राई,सह-महा-मन्त्री- खडग नन्द अधिकारी,कोषाध्यक्ष - प्रकाश लिम्बू,सह-कोषाध्यक्ष- भूपाल न्यौपाने रहेका छन।त्यसैगरी सदस्यहरुमा - बिमल श्रेष्ठ,कमल खड्का, रमेश बुढाथोकी, सन्तोष घिमिरे, यादव खनाल,सुमन डाँगी, अनिल कुमार हरिजन,देबी लाल अधिकारी, श्रीमती पवित्रा दाहाल, श्रीमती कल्पना बमजन र श्रीमती कृष्णा राई रहेको प्रचार प्रसार बिभाग सदस्य संजिप कटुवालले मुग्लानी खबरलाई जानकारी दिएका छन।
उक्त कार्यक्रममा नेपाली प्रवास केन्द्रिय समिति कतारका उप सभापती नियम भुजेल,महामन्त्री विजयराज अधिकारी, कोषाध्यक्ष रोशन गिरि लगायत विभिन्न इकाई समितिका सदस्यहरु लगायत घन्टिसमर्थक दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा सभापति अब्दुल करिम मियाँले पार्टी स्थापनाको छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न संघ संगठन बिस्तार तिब्र रुपमा भैरहेको बताउदै देश बनाउने जिम्मा अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको बताएका थिए।उनले अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्ने हरेक देश बिदेशका नेपालीले एकता गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिदै नव गठित इकाई समितिका सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।