काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित छिमेकी ब्याङ्केटको पुर्व पट्टीको करिब दुईसय घर धुरीका लागि एक कार्यक्रमका बिच खानेपानीको धारा उद्घाटन गरिएको छ।
चन्द्र ज्योती टोल सुधार समितिको वडा नं ५ को आयोजना तथा चन्द्र ज्योती टोल सुधार समितिका अध्यक्ष रोज बहादुर लामाको सभा अध्यक्षता र नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रबक्ता नारायण बहादुर सुवेदीको बिशेष आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्यहरु धर्म थिङ तामाङ,लक्ष्मी पुडासैनी,श्री बहादुर योगी,मडगाल सुधार समितिका अध्यक्ष केदार भट्टराई, सामाजिक अभियन्ताहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवी लगायत स्थानिय दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
गोकर्णेश्वर नगरपालिका वडा नं ५ को करिब २५ लाख बिनियोजित बजेटबाट 'एक घर एक धारा' हाम्रो गोकर्णेश्वरको नारा' भन्ने नारा अनुरुप २०० घर धुरीका लागि खानेपानीको काम सम्पन्न भई विधिवत रुपमा सम्पन्न गरिएको छ।
रामकृष्ण रिजालद्वारा सहजीकरण गरिएको कार्यक्रममा समाजसेवी ओम बहादुर कार्कीले स्वागत मन्तब्य राखेका थिए।त्यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरूमा वडा सदस्य धर्म थिङ तामाङ,लालीगुराँस टोल सुधार समितिका अध्यक्ष माधव प्रसाद ढुंगाना,वडा अध्यक्ष तथा नगर प्रबक्ता नारायण बहादुर सुवेदी लगायतका व्यक्तित्वहरु रहेका थिए।मन्तब्यका क्रममा कार्यक्रमका बिशेष अतिथि सुवेदीले निर्वाचनका समय समेत खानेपानीको ब्यबस्था गर्ने आफ्नो प्रतिबद्धता भएकोले त्यो पूरा भएको बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख दिपक कुमार रिसालले गोकर्णेश्वर नगरपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र आर्थिक समृद्धि नै पहिलो प्राथमिकता भएको बताएका थिए।उनले खानेपानीको समस्या समाधान गर्न थुप्रै पहल भैरहेको र गोकर्णेश्वर बासीलाई पानीको कमि हुन नदिन अगाडि बढिरहेको जानकारी गराउदै आज २०० घरधुरीलाई खानेपानीको काम सम्पन्न गरि उद्घाटन गर्न पाउँदा खुशी लागेको बताएका थिए।