काठमाण्डौ, प्राज्ञिक विद्यार्थी परिषद नेपालले मुलुकका करिब दर्जन भन्दा बढि जिल्लाका हजारौ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्ने भएको छ।
परिषदले पत्रकार सम्मेलन गर्दै मुलुकका १५ वटा विभिन्न १६ जिल्लाका माध्यामिक विधालय स्तरका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिने परिषद नेपालले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।बिस २०५२ सालमा स्थापित नेपालको एक मात्र स्वतन्त्र सामाजिक विद्यार्थी संगठनले देशभरका १५ जिल्लाहरु तेह्रथुम,संखुवासभा , सिराहा, काभ्रे, सिन्धुली, रौतहट, बारा, मकवानपुर ,रुपन्देही , बागलुङ, गुल्मी, रोल्पा, कालिकोट,जुम्ला र डडेल्धुराका कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई कपि,ब्याग,कलम,रेपिडेक्स, पुस्तक ,जमेक्ट्री बकस, नेपाली बृहत् शब्दकोष, टोपी लगायत शैक्षिक सामाग्रीहरु २५२५ जना विद्यार्थीहरुलाई बितरण गरिने भएको छ।
शैक्षिक सामाग्री वितरणका लागि मुलुकका १६ जिल्लाबाट छनोट गरिएका बिधालयहरुमा नैमीशारण्य गुरुकुल काभ्रे बनेपा,श्री सत्यवती माध्यामिक विधालय गुल्मी,श्री जनविकास माध्यामिक विधालय काभ्रे,जनज्योति माबि सिन्धुली,नेपाल राष्ट्रिय माध्यामिक विधालय बारा,त्रिभुवन माध्यमिक विधालय मकवानपुर,हिमालय माध्यमिक विधालय संखुवासभा,जनता प्राबिधिक नमुना माबि सिरहा,सरस्वती माध्यामिक विधालय रौतहट,श्री पशुपति माध्यामिक विधालय रुपन्देही,श्री बालकल्याण माध्यामिक विधालय रोल्पा,श्री मोतीराम माध्यामिक विधालय कालिकोट,कर्णाली माध्यमिक विधालय जुम्ला,असीग्राम माध्यामिक विधालय डडेल्धुरा,शारदा माध्यामिक विधालय तेह्रथुम रहेको समेत परिषदले जनाएको छ।शैक्षिक सामाग्री बितरण भोलि बाटै शुरु गरिने र भदौको अन्तिम सम्म बितरण गरि सकिने समेत लक्ष रहेको बताए।
पत्रकार सम्मेलनमा परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल,राष्ट्रिय महासचिव बिष्णु प्रसाद पंगेनी,राष्ट्रिय सचिव जानकी आचार्य,प्रदेश सचिब निरञ्जन पाठक,राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण प्रसाद हुमागाई लगायतको उपस्थिती रहेको थियो।
परिषदले बिगतका दिनहरुमा पनि रचनात्मक कार्यहरूका माध्यामबाट ब्यक्तिको सर्बाङ्गिण बिकास गर्दै विद्यार्थीहरुको हक हितका लागि विभिन्न तालिम ,निशुल्क कम्प्युटर तालिम?कोचिङ क्लास,बाल संस्कार कार्यक्रम,सरसफाई अभियान, रक्तदान,बृक्षारोपण,भुकम्प तथा बाढी पीडितहरुलाई राहत बितरण लगायत विविध कार्यक्रमहरु समेत गर्दै आएको जनाएको छ।