दाङ, देशकै उत्कृष्ट दशौ स्थानमा दाङ्गको ज्ञानज्योती मावि तुलसीपुर पर्न सफल भएको छ ।
भौतिक पुर्वाधार, अतिरिक्त क्रिया कलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयहरूको अध्ययन गरेर एजुकेशन समाचार काठमाडौंले ज्ञानज्योती मावि तुलसीपुर छनौट गरेको हो ।
देशका माविहरुमध्ये ५ सयबढी विद्यार्थी हुने माविलाई पहिलो मापदण्ड बनाइएको थियो । ८० माविहरुमध्ये कक्षा १२ मा उत्कृष्ट रिजल्ट ल्याएका २० वटा माविहरु छनौट भएका हुन । त्यस पछि छनौट भएका माविहरुलाई भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, र हालसम्मको शैक्षिक उपलब्धी, हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट मावि अवार्ड, प्लस टु अध्यापन गराउन थालेको वर्ष र नागरिकहरुमा परेको प्रभावमा प्रतिस्पर्धा गराइएको थिय। रिजल्टलाई ८० प्रतिशत र अन्य मापदण्डलाई ४/४ प्रतिशत अंक निर्धारण गरिएको कूल अंकका आधारमा अब्बल माविको सूचीतयार पारिएको हो । जसबाट ज्ञानज्योती मावि दशौ स्थानमा पर्न सफल भएको हो।
विद्यालयका शैक्षिक संयोजक शरद गौतमका अनुसार कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आएको माविले भविष्यका शैक्षिक योजना अन्तर्गत विद्यार्थी भर्ना २०८० लाई उत्साहपुर्ण बनाउने तथा स्नातक तहमा बिबिएस, बिएस्सी, बिए र बिसीए अध्यापनमा विशेष जोड दिने तयारी गरिरहेको जानकारी दिएका छन ।