काठमाण्डौ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले विश्वको अथवा यो धर्तीको गुरु एसिया भएको बताएका छ्न।
काठमाण्डौको सरस्वती नगर स्थित ए वन पार्टी भेन्युको सभाहलमा प्याबसकद्वारा आयोजित गुरु पुर्णिमा तथा शिक्षक सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता खनालले पश्चिमाहरुले एसियालीहरुलाई पढ्न लेख्न पश्चिमबाट सिकेको भन्ने कुरा भ्रम छर्नुका साथै ढाटेको आरोप लगाए।उनले विश्वमा सबैभन्दा पहिला इसा पुर्व पाँचौ छैटौ शताब्दतिर दक्षिण एसियामा नालन्द विश्वविद्यालय, तक्षशिला विश्वविद्यालयहरु खुलेको बताए।हामिले उहिल्यै देखी पढ्न लेख्न जानेका थियौ हाम्रा बाल बच्चाहरुलाई सिकाइरहेका थियौ तर पश्चिमाहरुले ढाँटेर आफुलाई ठूलो मान्ने गरेको उनको भनाई थियो।
नेता खनालले यहाँका मान्छेहरुले ईतिहास अध्यन नगर्दा, सत्य कुरा नबुझ्दा बास्तबिकतालाई उजागर नगर्दा पस्चिमाहरुलाई गुरु मान्न बाध्य भएको बताउदै उनले गुरु पूर्णिमालाई साची राख्दै साच्चिकै यो धर्तीको गुरु एसिया भएको बताए।विभिन्न किसिमका लोकतन्त्र का बारेमा चर्चा गर्दै लोकतन्त्र पश्चिमा मुलुकबाट आएको भन्ने कुरा पनि झुट हो उनले भने। सबैभन्दा पहिला गणराज्य ब्यबस्था नेपालको लुम्बिनीमा शाक्य गणराज्य,तौलिया गणराज्य लगायत विभिन्न स्वरूपका लोकतान्त्रिक ब्यबस्था रहेको बताए।
उनले आफ्नो क्याम्पस जीवनलाई स्मरण गराउदै आफू पनि राजनीतिमा आउनु भन्दा अगाडि शिक्षक रहेको बताउदै शिक्षक पेशा आफैमा सम्मानित पेशा देशको दुरगामी सेवा रहेको समेत बताए।उनले भने बिद्यार्थी दिदीबहिनीहरुलाई अमेरिका जापान अस्ट्रेलिया होईन यहि देशमा बसेर देश बनाउनु पर्छ भन्ने सुझाव दिदै अब युरोपको ढंगमा चल्नुपर्छ भन्ने नभएकोले हाम्रो लोकतन्त्र आफ्नै तरिकाको उत्कृष्ट छ हामिले एसिया महादेश,मुलुक र नेपाललाई सुन्दर सभ्य र समृद्ध देश बनाउने सपना देख्न अनुरोध समेत गरेका थिए।
प्याब्सक अध्यक्ष राजन श्रेष्ठको सभापतित्व तथा बिशिष्ट अतिथी पूर्वीय दर्शनका ज्ञाता डा.चिन्तामणि नाथ योगी,बिशेष अतिथिहरुमा एनप्याब्सनका राष्ट्रिय अध्यक्ष पान्डप हमाल ठकुरी,सह अध्यक्ष सुवास न्यौपाने,मनास्लु वर्ल्ड कलेजका अध्यक्ष तथा प्याब्सकका सल्लाहकार गेन्द्र लामा, सल्लाहकारहरू,एन प्याब्सक काठमाण्डौको अध्यक्ष खड्क बहादुर बस्नेत,मनास्लु वर्ल्ड कलेज फाइनान्स डिरेक्टर कुमार मोक्तान लगायत विभिन्न बिद्यालय कलेजका प्रोफेसरहरू,शिक्षक शिक्षिकाहरु, शिक्षाविद लगायतको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा करिब तीन दर्जन भन्दा बढी शिक्षक शिक्षिका हरुलाई सम्मान गरिएको थियो।