दोहा : कास्की आदर्श समाज कतारकाे आयाेजना साथै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार खेलकुद बिभागकाे सहकार्यमा सम्पन्न भएकाे "अन्तर नेपाली समुदाय " खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०२३ कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको छ ।
इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो पर्व बकर इदको अवसरमा भलिबल प्रतियोगिता ३ दिन सम्म चलेको थियो । उद्घाटन समारोहमा नेपाली मौलिक पन्चे बाजाको साथ ब्यानर अनावरण गरि रेफ्रिलाई बल हस्तान्तरण गरिएको थियो
प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । जस्मा प्रथम स्थान आयोजक टिम कास्की आदर्श समाज कतार A , दोश्रो स्थान युथ कलब ३८, स्यांङ्जा सहयोग समाज कतार तेस्रो र बाग्लुङ सेवा समाज कतारले चौथो स्थान हासिल गर्न सफल रहेको कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिए ।
पुरस्कार तर्फ प्रथम हुने कास्की आदर्श समाजले नगद करि ५०००/-, ट्रफी , मेडल, खादा र प्रमाणपत्र ।दोश्रो हुने युथ कलब ३८ ले नगद करी २५००/-ट्रफी , मेडल, खादा र प्रमाणपत्र तेस्रो हुने स्यांङ्जा सहयोग समाजले नगद करी १०००/-ट्रफी , मेडल, खादा र प्रमाणपत्र र सान्त्वना हुने बाग्लुङ सेवा समाजले नगद करि ५००/-, ट्रफी , मेडल, खादा र प्रमाणपत्र प्राप्त गरेका छ्न ।
बिधागत पुरस्कार तर्फ सर्बोत्कृस्ट खेलाडी कास्की आदर्श समाजका बिशाल बिक,उत्कृष्ट स्पाइकर युथ कलब ३८का सरोज थापा,उत्कृष्ट ब्लकर कास्की आदर्श समाजका राजेन्द्र पोख्रेल ,उत्कृष्ट सटर कास्की आदर्श समाजका मनोज खड्का,र उत्कृष्ट डिफेन्स स्यांङ्जा सहयोग समाजका संजु सुनारलाई प्रदान गरियको थियो ।
कार्यक्रम को सहजीकरण संस्थाका सचिब बिष्णु तिमिल्सिनाले गरेका थिय भने कार्यक्रमको संयोजक अमृत बिश्वकर्मा रहेका थिए । नेपालबाट आएका राष्ट्रिय रेफ्रि मनाेज खड्का तथा राष्ट्रिय खेलाडि बिशाल बि कले कतारमा रहेका खेलाडीको प्रसंसा गरेका थिए ।