काठमाण्डौ,गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल बराहकर्णेश्वर मन्दिर परिसरमा राखिएका विविध देव देवी,अरुन्धती,सप्त ऋषि र अष्टचिरञ्जिबिहरुका मूर्ति प्रतिष्ठा तथा अनावरण कार्यक्रम सम्पन्न भएको छ।
बराहकर्णेश्वर मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठको सभा अध्यक्षता तथा नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशेष अतिथी नगर उप प्रमुख सान्नानी लामा रहेकी थिइन।त्यसैगरि अन्य उपस्थितिहरूमा नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं १ वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा सदस्य चन्द्रलाल श्रेष्ठ,समाजसेवी दुर्गा बराल, धार्मिक आस्थावान् व्यक्तित्वहरु लगायत स्थानीय दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थितीमा पूजा गरी मूर्तिहरूको औपचारिक उद्घाटन गरिएको हो।
मुर्ति अनावरण कार्यक्रममा बोल्दै धार्मिक आस्थालाई पुस्ता हस्तान्तरण गर्न हाम्रो पुस्ताले गरेको योगदानलाई निरन्तरता दिदै आउँदो भाबी पुस्ताहरूको लागि हाम्रो धर्म संस्कार संस्कृति र विश्वासलाई संरक्षण र सम्बर्द्धन गर्न समितिले गरेको कार्यप्रति धन्यबाद ब्यक्त गर्दै आर्थिक सहयोग गर्ने प्रतिबद्धता संगै धार्मिक पर्यटकिय स्थलको निर्माण हओस भन्ने शुभकामना ब्यक्त गरेका थिए।त्यसैगरी वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठले वडा नं १ मा आर्थिक,सामाजिक,भौतिक,धार्मिक लगायतका बिकासका लागि आफ्नू निरन्तर लागिरहेको जनाउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
कार्यक्रममा उपमेयर सान्नानी लामा बोल्दै गत वर्ष मन्दिरका लागि आवस्यक भौतिक संरचना निर्माणका लागि बजेट बिनियोजन गरिसकेको र अपुर्ण संरचना निर्माणका लागि आउँदो आर्थिक वर्षको बजेटबाट बिनियोजन गरिने प्रतिबद्धता जनाउदै यो बजेट सम्पुर्ण गोकर्णेश्वर बासीको रहेकोले भगवानको आशीर्वाद सम्पुर्ण गोकर्णेश्वर बासीलाई प्राप्त हुने समेत बताएकी थिइन।
अन्त्यमा नगरप्रमुख दिपक कुमार रिसालले गोकर्णेश्वर नगरपालिकामा यहाँका मठ मन्दिर धार्मिक आस्थाका केन्द्रलाई संरक्षण र सम्बर्द्धन गर्दै आएको हुँदा नगरपालिकाको नामाकरण नै गोकर्णेश्वर हुन पुगेको बताए।उनले आफ्ना बिगतका अबस्थालाई स्मरण गराउदै धार्मिक आस्थाको केन्द्र मन्दिर निर्माण गर्दा जोकोही सहयोग गर्ने बताए।तेत्तीस कोटिको मुर्ति निर्माण भैसकेको र अब यसलाई चौसट्ठी पुर्याउदा आफ्नो नाम नभए नर्कमा पुगिने समेत जनाएका थिए।धन सम्पती नहुदा पनि तिसौ वर्षदेखि कसरी संरक्षण भएको होला हामी अनुमान गर्न सक्छौ अब यसको संरक्षण गर्ने जिम्मेवारी हामी नयाँ पुस्तामा आईसकेको हुँदा साथ रहने बताएका थिए।