काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा आनाज ब्युटिहोम एन्ड ट्रेनिङ सेन्टरको आयोजनामा ४५ दिने ब्युटिसियन तालिमको समापन कार्यक्रम छहारी क्लबको सभाहलमा सम्पन्न गरिएको छ।
ब्युटिहोम ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा संचालिका अम्बिका प्याकुरेलको सभा अध्यक्षता तथा नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विशेष अतिथिहरूमा नगर उप प्रमुख सान्न्नानी लामा,वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ लगायत स्थानिय तालिममा सहभागी दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।
प्रशिक्षक कल्पना धितालद्वारा प्रशिक्षण दिइएको तालिममा करिब बीस जनाको सहभागिता रहेको थियो भने तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै विशेष अतिथी तथा नगर उपप्रमुख सान्नानी लामाले ब्युटिसियन तालिम सिकेर सबैले ब्यबसायी नै गर्नुपर्छ भन्ने होईन यस मध्येबाट करिब पाँच जन मात्र व्यवसायमा आवद्ध रहेपनि ठूलो उपलब्ध रहेको बताउदै तालिम सिकेका सहभागीहरुले आगामी दिनमा अझै उन्नती प्रगती गर्दै आत्मनिर्भर बन्नेमा पुर्ण बिश्वस्त रहेको बताएकी थिइन।
यसैक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख दिपक रिसालले क्षमतावान महिलाहरु बनाउने उदेश्य अनुरुप यो बिउटिसियन तालिमले आर्थिक समृद्धिमा ठूलो महत्त्व राख्ने बताउदै आगामी दिनमा महिलाहरुको आत्मनिर्भरता अन्य कार्यक्रमहरु भए नगरपालिकामा ल्याएर आउन बताउदै सम्पुर्ण सहभागीहरुको उज्ज्वल भबिस्यको शुभकामना समेत ब्यक्त गरेका थिए।
अन्त्यमा संयोजक अम्बिका प्याकुरेलले ब्यस्त समयका बाबजुद उपस्थित भएर कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल बनाईदिनुहुने सम्पुर्ण लगायत ४५ दिन सम्म निरन्तर उपस्थित भएर तालिम लिनु हुने सम्पुर्ण सहभागीहरुलाई धन्यवाद ब्यक्त गर्दै औपचारिक समापन कार्यक्रम सम्पन्न भएको घोषणा गरेकी थिइन।