काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाको ११ औं नगर सभा जोरपाटी स्थित पिस ब्याङ्केटको सभाहलमा एक कार्यक्रमको आयोजना गरि भव्यताका साथ सम्पन्न गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथिहरूमा माननीय सांसद शान्ती श्रेष्ठ, प्रदेश सांसद छिरिङ दोर्जे लामा,बिमल ठकुरी,पुर्व मन्त्री रामेश्वर फुयाल, पुर्व सांसद कृष्ण राज राई, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,विभिन्न वडाका वडा अध्यक्षहरु,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, नगरकमिटिका अध्यक्षहरु समाजसेवी, बुद्धिजीवी ,कर्मचारी साहित्यकार, कलाकार पत्रकार लगायत स्थानिय नगरबासी दाजु भाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
नगर प्रशासन शाखा प्रमुख भुपेन्द्र बोहराद्वारा सहजीकरण गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्यद्वारा नगर उप प्रमुख सान्नानी लामाले स्वागत गरेकी थिइन । कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेको हस्त बाहुलीबाट दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसालले आ. व. २०७९/८० को नीति कार्यक्रम तथा बजेट कार्यन्वयन अन्तिम चरणमा रहेको जानकारी गराउदै बिगतका वर्षको नीति बजेट र कार्यक्रम कार्यन्वयनको अनुभव र सिकाइबाट नगरको दिगो र सन्तुलित बिकासका लागि ठोस रुपमा अगाडि बढिने जानकारी गराउदै नगर सभाले पारित गरेको नीति तथा कार्यक्रमले नगरपालिकाको बजेट र योजना तथा कार्यक्रम निर्माणमा प्रशस्त मार्गनिर्देश गर्ने बारेमा बिश्वस्त रहेको बताएका थिए।
नगर प्रमुख रिसालले आ. व. २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रम तर्जुमा गर्दा मुख्यतया ७ वटा बिषय क्षेत्रहरु १) गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गर्ने, २) सिपमुलक कार्यक्रमहरु मार्फत नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउने,३)आधुनिक प्रबिधिको माध्यामबाट फोहोरमैला वर्गीकरण र ब्यबस्थापन,४) प्राबिधिक, व्यवसायिक गुणस्तरीय शिक्षामा जोड,५) स्थानिय कृषि उत्पादन र उत्पादकत्वको वृद्धि गरि आय आर्जन र रोजगारीका क्षेत्र फराकिलो बनाउने,६) सेवाग्राही मैत्री सार्बजनिक प्रशासन संचालन गर्ने संस्थागत सुशासनमा जोड र ७) दिगो बिकास वातावरण संरक्षण र बिपद ब्यबस्थापन लगायतका कार्यहरुमा बिशेष गरि जोड दिइने बताएका थिए।नगर प्रमुख रिसालले नीति तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संबिधानको प्रस्तावना, मौलिक हक, राज्यका निर्देश सिद्धान्त र नीतिहरु स्थानीय आर्थिक कार्य प्रणाली एवं एकल तथा साझा अधिकार सुची,स्थानिय सरकार संचालन ऐन २०७४ ले ब्यबस्था गरेका स्थानीय सरकारका काम कर्तब्य अधिकार र दायित्व, संघिय सरकार र प्रादेशिक सरकारले अबलम्बन गरेका नीति प्राथमिकता,आर्थिक तथा बित्तीय नीति,अन्तर्राष्ट्रिय जगतमा जनाएका प्रतिबद्धता सन्धि सम्झौता र महासन्धीहरु, नगरपालिकाको क्षेत्रगत नीति ,रणनीति योजना प्रतिबेदन ,बिकासका समसामयिक मुद्दा सामाजिक संरक्षण जलवायु परिवर्तन बिपद ब्यबस्थापन स्थानीय शासन,पुर्ण खोप युक्त तथा उर्जा संकट लगायतका अन्तर सम्बन्धीत बिषयका आधारमा बनाईएको बताएका थिए।
त्यसैगरी नगर प्रमुख रिसालले नगर अन्तर्गतका ९ वटै वडा भित्रका क्षेत्रगत आधारमा स्वास्थ्य ,शिक्षा युवा तथा खेलकुद, कृषि तथा पशु बिकास ,फोहोर मैला ब्यबस्थापन ,वन वातावरण तथा बिपद ब्यबस्थापन, धर्म संस्कार संस्कृति कला र साहित्य संरक्षण, पर्यटन प्रवर्द्धन,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, उधोग सहकारी र रोजगारी सहरी बिकास तथा पुर्वाधार ,सुचना तथा सञ्चार प्रबिधि,शुसासन,योजना तथा कार्यक्रम ब्यबस्थापन, लगानी ब्यबस्थापन दिगो बित्त ब्यबस्थापन कानुन तथा मानव अधिकार न्याय सम्बन्धी कार्यक्रमहरु बुँदागत रुपमा स्पष्ट पारेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका मनोज ढुंगाना ,राप्रपा नगर कमिटीका अनिल पराजुलीले विभिन्न सुझाव समेत दिएका थिए।नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष मान बहादुर तामाङ,नेकपा एमालेका अध्यक्ष उद्धव बिस्ट,नेपाली कांग्रेसका नगर अध्यक्ष कुमार लामा,प्रदेश सांसद बिमल ठकुरी, छिरिङ दोर्जे लामा पुर्ब मन्त्री रामेश्वर फुयाल,पुर्व सांसद कृष्ण राज राई लगायतले यो आर्थिक वर्षको बजेट नीति तथा तर्जुमा कार्यक्रमले यस नगरपालिकाको समग्र बिकासका लागि सम्बोधन गर्ने जनाउदै कार्यक्रमको पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा आर्थिक वर्ष २०७९/ ८० मा सम्पन्न कार्य प्रगती गतिविधिहरुलाई प्रमुख अतिथि सन्तोष चालिसेले देशको आर्थिक अबस्था धरासयी हुँदै गएको यो कठिन अबस्थामा सम्पुर्ण नागरिकहरु गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताएका छन।बिगत ६ वर्ष देखि नगरको समृद्धिका लागी नगरका वडा न१,२,३ र ४ वडालाई कृषी पकेट क्षेत्र घोषणा गर्दै लाखौ अनुदान दिइएको बताएका थिए। सांसदमा पनि नगरपालिकाको बारेमा कुरा राखेको बताउदै संसद कुस्ती खेल्ने ठाउँ नभई नीति निर्माण गर्ने ठाउँ भएको बताएका थिए।अब कुनै पार्टी दल गुट नभई सम्पुर्ण नगरबासी मिलेर अगाडि बढ्न सबैलाई अनुरोध गर्दै शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष तथा नगर प्रमुख दिपक कुमार रिसालले ब्यस्त समयका बाबजुद पनि यहाँसम्म आएर सुझाव सल्लाह प्रतिक्रिया दिनु भएकोमा सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।