काठमाण्डौ , गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ।
गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालको सभा अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख सान्न्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगर प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी ,वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा,वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ,वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइँकेल, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,जनप्रतिनिधिहरु लगायत नगरपालिका भित्र रहेका संघ संगठन,महिला समाजका प्रमुखहरु, बुद्धिजीवी तथा स्थानिय दाजुभाई दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसालले एक वर्ष भित्र अथवा आर्थिक वर्ष २०७९/८० भित्र गरिएका गतिबिधि हरुको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए।नगर प्रमुख रिसालले प्रगती विवरण प्रस्तुत गरे पश्चात् सहभागीहरुले आलोचना, गुनासो, प्रश्न, सुझाव र प्रशंसा सहितका मिश्रित प्रतिक्रियाहरु राखेका थिए ।कार्यक्रममा जिज्ञासा र प्रश्न राख्नेहरूमा शम्भु अधिकारी, गोबिन्द घिमिरे बेदमणी, श्याम प्रसाद खतिवडा, टि. एन धमला, निर्मल राज भन्डारी, दुर्गा प्रसाद मैनाली, तारादेवी फुयाल, राजेश श्रेष्ठ, हरिबोल बिष्ट, निर्मल खतिवडा, राज कुमार केसी, चुनमाया नगरकोटी, संगिता अधिकारी, अनिल तामाङ, जीवन शर्मा, लक्स श्रेष्ठ, मैयाँ नयजु, दामोदर खनाल र कृष्ण ढकाल लगायतले गोकर्णेश्वर नगरपालिका भित्र भएका गतिविधिहरुका बारेमा प्रश्न उठाएका थिए।
नगरपालिकाको सार्वजनिक भवन निर्माण, यातायात, महिला तालिमको खर्च र उपयोगिता,प्रत्येक पाँच वर्षमा फेरिनु पर्ने पाठ्यक्रमका बिषयमा,जोरपाटी चोकमा ओभर ब्रिज निर्माणको आवस्यकता, स्वास्थ्य सम्बन्धी समस्या, समाधान र सहुलियत, स्वास्थ्य बिमा,अस्पतालमा दक्ष जनशक्तिको आवश्यकता, समयमा सडक निर्माण , बिस्तार, कालोपत्रे, जेष्ठ नागरिकको लागि धार्मिक फ्यान पार्क, सुबिधा औषधि उपचार,पानीको समस्या, कृषकका समस्या, कृषिमा आत्मनिर्भर बन्न पालिकाद्वारा गरिनुपर्ने आवस्यकताहरु,महिला समूहद्वारा उत्पादित स्थानिय उत्पादनको बजार ब्यबस्थापन तथा प्रयोग,कृषिमा बिभेदको अन्त्य र समानान्तर हक र उपयोगिता ,अपाङ्गमैत्री सडक निर्माण ,पुरातात्त्विक महत्वका पुराना ऐतिहासिक सम्पदाहरुको खोजतलास, पुनः निर्माण र आउदा पिढिलाई हस्तान्तरण गर्ने अबस्थाको शुरुवात, बैकल्पिक सडकको निर्माण लगायत शिक्षा स्वास्थ्य खानेपानी, रोजगारी,स्थानिय उत्पादन र बजार ब्यबस्थापन लगायत उठाइएका चासो गुनासोहरूलाई नगर प्रमुख रिसालले बुँदागत रुपमा स्पष्ट पारेका थिए। उनले कतिपय प्रोजेक्टहरू सम्पन्न भएको,कति हुन बाकी नै रहेको कति पय कार्यहरुको आउँदो नीति तथा कार्यक्रममा समाबेश गरि अगाडि बढ्ने प्रतिबद्धता जनाउदै चासो गुनासो र प्रश्न राख्ने सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए।
नगरप्रमुख रिसालले कोहि कसैसँग सुझाव सल्लाह प्रतिक्रिया भए विभिन्न माध्यमबाट पठाउन आग्रह गर्दै जनताको इच्छा बमोजिम अगाडि बढ्नुका साथै आगामी दिनमा जनताले सोचेको चाहेको र परिकल्पना गरेको देशभरिका नगरपालिका भन्दा फरक पहिचान बोकेको नगरपालिका बनाउन आफू प्रतिबद्ध रहेको समेत बताउदै सबैजनाको साथ सहयोगको अपेक्षा र उपस्थित सम्पुर्णमा दिदै सार्बजनिक सुनुवाई कार्यक्रम समापन भएको घोषणा गरेका थिए।