झापा, (बसन्तराज सुब्बा) - प्रदेश १ कोशी नाम खारेजी आन्दोलनमा किराँत धर्म सत्यहाङमा सेवा संघ केन्द्रिय कार्यसमितिले एक प्रेस बिज्ञप्ति जारी गरि समर्थन जनाएको छ।
प्रेस बिज्ञपति:
इलाम चुलाचुली: नेपालको शुदुरपुर्बी इलाम जिल्ला हात्तिलेदामा रहेको किराँत धर्मभित्र एक झण्डामात्रै चिन्ह रहेको र जम्मा ४२ ओटा अन्य विभिन्न ठाउँहरुमा शाखा समितिहरु सम्म सञ्चालित रहेको उक्त किराँत धर्म सत्यहाङमा सेवा संघ केन्द्रिय कार्यसमिति चुलाचुली इलामले मिति २०८० असार एक गते आफ्नै धार्मिक स्थलको प्राङ्गणमा समितिका केन्द्रिय अध्यक्ष ज्ञानोदय लाओतिको अगुवाईमा प्रदेश न.१.मा चल्दै गरेको पहिचानको आन्दोलन बारे प्रेस-बिज्ञप्ती मार्फत संस्थाको धारणा सार्बजनिक गरेको छ।
मूलतः नेपालमा राजनीतिक उथल पुथल हुँदै संघर्ष र परिवर्तन संगसंगै पछिल्लो राजनीतिक ब्यवस्थामा संघीयता, गणतन्त्र , धर्मनिरपेक्षता र समानुपातिक-समावेशिता जस्ता कुराहरु प्राप्ति भएपनी संघीयताको सवालमा नेपालको संविधान २०७२ ले अंगिकार गरेको सात प्रदेश मध्ये ६, ओटा प्रदेशको नाम राख्न प्रदेशसभा हरुले सहज रुपमा सकेपनि प्रदेश एकको नाम भने राख्न सकेको थिएन। गएको मङ्सिर ५, मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि हिक्मत कार्कीको सरकार र प्रदेशसभाले फाल्गु१७ गते बुधबार मध्ये राती दुई षड्यन्त्रपुर्बक २-तियाइ बहुमतले प्रदेश न.१,को नाम कोशी राखे यता प्रदेश नम्वर १.मा विभिन्न पहिचानवादी राजनीतिक दल र जातीय संघसंस्थाहरु जस्ता पहिचानवादी शक्तिहरुले प्रदेश एक पुन: नामाङ्कन सयुक्त संघर्ष समितिस्थपना गरि बटम-लाईन कोशी नाम खारेजीको माग गर्दै प्रदेश १.मा चरणबद्ध गरेको आन्दोलनहरूले स्थिति अस्तब्यस्त र भयमय अवस्थामा गुज्रिरहेको छ।
जसमा आन्दोलनकारीहरु सयौ घाइते भएका छन कति अंग भङ्ग भएका छन् सयौं गिरफ्तारीमा परेका छन्,कतिलाई झुटा मुद्धामा फसाइरहेको छ, कति प्रहरी पक्ष पनि घाइते भाएका छन् भने गएको चैत पाँच गतेको प्रदेश एक सांसद भवन घेराउ तथा शान्तिपूर्ण बिरोध प्रदर्शनीमा मोरङ जिल्ला लालभित्तीका लाजेहाहाङ लिम्बुको आन्दोलनको क्रममा टाउकोमा गम्भीर चोट लागी घाइते भई धरान बि.पि.मेमोरियल अस्पतालमा उपचारत अवस्थामा मृत्यु भई सहिद भैसकेको छन। भने अहिले आन्दोलनकारीहरुले विरोधसभा, प्रदेश एकैभरीकाका स्थानीय तहहरुको पालिकाहरुमा तालाबन्दी र कोशी नाम अङ्कित स्टाम्प कागजात जलाउने, कोशी लेखिएका होर्डिङबोर्ड निकाल्ने देखी, बन्दकर्ताहरुले कोशी नाममा मत हान्ने सासद र पहिचान विरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरु माथी कालो झन्डा देखाउन, मोसो दलिदिने,भौतिक आक्रमणदेखि अब गाउँ प्रवेश निषेध सम्म गर्दै आएका छन् । पूर्वप्रधानमन्त्री केपि शर्मा ओली, मुख्यमन्त्री हिक्मत कार्की, प्र.१का पुर्ब अर्थमन्त्री मौसम आङ्बोहाङ लगायत धेरैमा आक्रमण भएको छ। उपरोक्त आन्दोलनको हरेक गतिविधिहरुमा मोर्चाद्ध किराँत धर्म सत्यहाङमा सेवा संघ केन्द्रिय कार्यसमिति चुलाचुली इलाम र सो शाखाहरु सबै आन्दोलनहरूमा भाग लिदै आएको बताउदै अज्जै थप आन्दोलनहरूमा सयुक्त संघर्ष समितिमा एक घट्कको रुपमै रहेने एक्यवद्धता जनाउदै अध्यक्ष ज्ञानोदय लाओतिले प्रेस-बिज्ञप्तीबाट सार्बजनिक गरेका थिए। बिज्ञप्तीमा बहुधार्मिक बहुभाषिक, बहु जातिय, र बिबिध सास्कृतिक सभ्यतामा आस्था राख्नेहरु भएकोले प्रदेश एकको नाम लिम्बुवान किराँत हुनुपर्ने उल्लेख रहेको छ। जसमा लिम्बुवान कुनै जातिय नभएर (त्रिभुवन २००८)भन्ने पादवाली रहेको एउटा प्रमाण सहितको बलियो इतिहासले बुझिएको छ, २०२५ सालसम्म तथ्यहरु वल्लोकिरात, माझकिराँत/खम्बुवान (माझियावन)र पल्लो किराँत/लिम्बुवान जस्ता किराँत इतिहास र सभ्यतामा आधारित आफैमा सयम प्रमाणहरु रहेकोले उपरोक्त मुद्दालाई लिएर भइरहेको आन्दोलनलाई सम्बोधन गरि बिज्ञप्तीमा लिम्बुवान किराँत हुदा हिजो केन्द्रिकृत एकात्मकवादी राज्यसत्ताले याहाको खोसिएर हराउँदै गएका सबैको भाषा लिपि संस्कार सकृति र सभ्यता हरु बच्ने लेखिएको छ।
सो-कार्यक्रमको संचालन किराँत धर्म सत्यहाङ्मामा सेवा संघ केन्द्रिय महासचिव गंगा साउदेन ले गरेका थिए भने उक्त प्रेस-मिट्मा इलाम चुलाचुली कमल १. वडाध्यक्ष ध्रुव लावती पनि सहभागी रहेका थिए l