दोहा , रोल्पाको परिवर्तन गाउँपालिका वडा नं २ राङ्सीका साहित्यकार शोभाराम ओलीद्वारा लिखित पाँचौ कृति 'सुलभ' नामक उपन्यास कतारको सनैया स्थित फूलबारी रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारका अध्यक्ष दीपेन्द्र डाँगीको सभापतित्व तथा नेपाली जन प्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको बिमोचन कार्यक्रममा साहित्यिक संस्था अनेसास कतार च्याप्टरका अध्यक्ष मणि पौडेल, नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष रूप रसाइली, कार्यक्रममा उपस्थित विभिन्न संघ संगठनका प्रतिनिधि तथा प्रमुखहरु,साहित्यकार कलाकार, पत्रकार विभिन्न प्रादेशिक संस्था ,जिल्ला संस्था, मातृ संस्था बैचारिक संस्था लगायत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थितिमा बिमोचन गरिएको हो।
समाजका महासचिव केशर खनाल र सोम थापाद्वारा सहजीकरण गरिएको कार्यक्रममा संयोजक तथा संस्थाका संरक्षक गोपाल डाँगीले स्वागत मन्तव्य राखेका थिए। लेखक ओली सहजीकरण साधना साहित्य मञ्च नेपालको आजीवन सदस्य, शहीद स्मृति साहित्य प्रतिष्ठान रोल्पाको सल्लाहकार, नवोदित साहित्यिक वाचनालय कतारका कार्यसमिति सदस्य र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको साहित्य विभाग प्रमुख तथा समाजका केन्द्रिय सदस्य समेत रहेका छन।
कृतिकार ओलीले तत्कालीन द्वन्द्व, एक प्रकारको डर त्रास अर्को तिर परिवर्तनका लागि जिउ ज्यानको बाजि राखेर युद्धमा होमिएको अवस्था, ज्यान बचाउन कै लागि विदेशिएको तितो यथार्थलाई यो लेखिएको बताएका थिए।
नवोदित साहित्य वाचनालय कतारका अध्यक्ष रुप रसाइलीले विमोचित कृति "सुलभ' का बारेमा समिक्षा गर्दै चर्चा गर्दै यश भित्त रहेका विविध बिषय बस्तुलाई औल्याउँदै आगामी दिनमा केही सुधारेर जानुपर्ने सुझाव दिदै समग्रमा कृतिले बास्तबिकलाई झल्याएको बताउदै साहित्यिक यात्रा निरन्तरता को अग्रिम शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रममा साहित्यकार हरु शेखर बस्नेत, श्यामराज रानाभाट, धर्म सन्देश, सानु थपलिया, प्रेम प्रसाद भट्टराई, लीलानाथ घिमिरे, सिताराम थापा, टिका खडका राष्ट्र प्रेमी, माया केसी, पवित्रा खडका, दीप मिलन, बिन्दा लामा, सुरेश परियार, खेमराज सुवेदी,सोम थापा लगायत दर्जनौ साहित्यकारहरूले दमदार अर्गानिक रचनाहरू वाचन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बुद्धि प्रसाद भण्डारीले आफ्नो मन्तव्य राख्दै वैदेशिक रोजगारीमा रहेर पनि नेपाली भाषा साहित्य प्रति यति ठूलो लगाउ झुकाउ राख्दै पाँचौ कृति सुलभ लेख्न सफल भएकोमा धन्यबाद ब्यक्त गरेका थिए।अझै साहित्य प्रतिको यात्रा निरन्तरताको कामना गर्दै शुभकामना समेत ब्यक्त गरेका थिए।
अन्त्यमा सभा अध्यक्ष दिपेन्द्र डाँगीले समाजका साहित्यिक विभाग प्रमुख 'सुलभ'का लेखक शोभाराम ओलीलाई अग्रीम सफलताको शुभकामना दिँदै सुलभ विमोचनलाई सफल बनाउन अनेसास कतार च्याप्टर, नवोदित साहित्यिक वाचनालय कतार लगायत ब्यस्त समयका बाबजुद पनि हलमा उपस्थित कार्यक्रम सफल बनाईदिनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको समापन भएको घोषणा गरेका थिए।