काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा स्थानिय दलित तथा जनजाती समुदायको हकहित र संरक्षणका लागि एक दिने कानुनी परामर्श सम्बन्धी कार्यक्रम वडा नं ८ को सभाहलमा सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ को आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालिको सहकार्यमा भएको औपचारिक कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।त्यसैगरी विशेष अतिथी, अतिथिहरूमा वडा नं ८ का वडा सदस्यहरु सीता तिमल्सिना, वडा सदस्य तथा कार्यपालिका सदस्य सोबिता मिजार,वडा सचिव सुदिप हमाल लगायत विभिन्न संघ संगठन महिला समाजका प्रमुख प्रतिनिधि , पत्रकारहरु लगायत स्थानिय दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका संयोजक गणेश क्षेत्रीद्वारा संचालित कार्यक्रममा वडा सचिव सुदिप हमालले स्वागत मन्तब्यद्वारा सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष नन्दलाल श्रेष्ठले बोल्दै यो कार्यक्रम बिशेष गरि दलित, जनजाती लगायत पिछडिएका बर्गहरूका लागि आयोजना गरिएकोले राम्रो संग सुनेर बुझेर र आफ्नो दैनिक जीवनमा लागू गर्न समेत अनुरोध गर्दै कार्यक्रमको पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।
औपचारिक कार्यक्रमको अन्त्यमा सभाअध्यक्ष दिलमाया तामाङले उदाहरण सहित हाम्रो समाज खुट्टा तान्ने प्रवृत्तिले ग्रस्त भएकोले अब खुट्टा होईन हात तान्ने बानी बसालेर अगाडि बढ्नुपर्छ र त्यसको लागी आयोजक वडा र सहकार्य संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली सदैव साथमा रहेको जनाउदै औपचारिक कार्यक्रम सम्पन्न भएको घोषणा गरेकी थिईन।
कार्यक्रमको दोस्रो सेसनमा अधिवक्ता तथा कानुनविद छन्द प्रसाद आचार्यले नेपालको कानुन,ब्यवहारिक,सामाजिक, न्यायिक धार्मिक, सांस्कृतिक, लैङ्गिक,जातिय,बर्षिय अपराध कानुन लगायत बिबिध बिषयमा स्पष्ट पार्दै नेपालको संविधान कानुन र ऐन सबैले सिक्नुपर्ने ,जान्नुपर्ने बुझ्नुपर्ने र पालना गर्नुपर्ने जस्ता अत्यन्तै महत्वपूर्ण बिषयमा प्रशिक्षण प्रदान गरेका थिए।उक्त प्रशिक्षण बाट खुशी भइ सहभागीहरुले यो कार्यक्रम सबैको दैनिक जीवनमा अत्यावश्यक भएको हुँदा एक दिने होईन कम्तिमा सात दिने कार्यक्रम राखिदिन समेत माग गरेका थिए।