काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकामा प्रथम उप मेयर कप 7A Side खुल्ला महिला फुटबल प्रतियोगिता यहि आउँदो असार ६ गते देखि हुने भएको छ। गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा भाग लिनको लागि,गाउँ, टोल, वडा, गाउँपालिका, नगरपालिका, क्लबहरू, जिल्ला संह समन्वय गरि यहि आउँदो असार ४ गते सम्म आफ्नो टिम दर्ता गराउन सकिने आयोजकले एक पत्रकार सम्मेलन गरि जनाएको छ।
आयोजकले पत्रकार सम्मेलनमा निम्नानुसार बताएको छ: १) खेलमा टिम दर्ता गराउन रु ५ हजार लाग्ने। २) प्रतियोगिता FIFA नियमानुसार गरिने। ३) खेलमा सहभागी टिम खेल हुनुभन्दा ३० मिनेट अगाडि खेल मैदानमा उपस्थित हुनुपर्ने। ४) प्रतियोगिता २०८० साल असार ६ गते बाट नेपालय इङलिस स्कुलको खेल मैदानमा हुने। ५) एउटा टिमबाट खेलाडी १० जना,प्रशिक्षक-१, ब्यबस्थापक -१ गरि जम्मा १२ जनाको नाम समाबेश गर्नुपर्ने। ६) खेलाडीहरुको जर्सीको पछाडी पट्टि अनिवार्य नम्बर उल्लेख गरिएको हुनुपर्ने। ७) खेलमा चित्त नबुझेको खन्डमा रु. ५ हजार दस्तुर तिरी उजुरी गर्न सकिने। ८) आयोजकको निर्णय नै अन्तिम निर्णय मानिने।
खेल अवधी ५० मिनेटको हुने। ९) सामान्य बाहेक अन्य उपचार खर्च सम्बन्धित टिमले ब्यहोर्नुपर्ने। पत्रकार सम्मेलनमा बताएको छ। त्यसैगरी बिजेता खेलाडी टिमलाई प्रथम पुरस्कार १ लाख ३६ हजार ( कर सहित), ट्रफी, मेडल,प्रमाणपत्र, दोस्रो पुरस्कार ६८ हजार ( कर सहित) ट्रफी मेडल प्रमाणपत्र र म्यान अफ दि म्याच रु. २ हजार र ट्रफी प्रदान गरिने छ। त्यसैगरी थप जानकारी आवस्यक परेमा गोकर्णेश्वर युवा तथा खेलकुद संयोजक संजय लामा (९८५१०७४५९३),संगम थापा श्रेष्ठ (९८६४५८९०७४) र रञ्जन कुमार सापकोटा (९८१८४५९०२८) मा सम्पर्क गर्न सकिने संयोजक संजय लामाले मुग्लानी खबरलाई जानकारी दिएका छन।