काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका स्थित अरुणोदय माध्यमिक विधालय वडा नं ९ आरुवारीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बिधालयको ७३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरिएको छ।
अरुणोदय माध्यामिक विधालय आरुबारिका बि ब्य स अध्यक्ष तथा वडा नं ९ का वडा अध्यक्ष राजिब थापाको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रतिनिधि सभा सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको थियो।त्यसैगरी विशेष अतिथिहरूमा गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल,उपप्रमुख सान्नानी लामा, अतिथिहरूमा गोकर्णेश्वर शिक्षा शाखा प्रमुख डन्डपाणी शर्मा, वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षाविदहरू, समाजसेवी शिक्षक विद्यार्थीहरु अबिभाबखरु लगायत स्थानिय दाजुभाई दिदीबहिनीहरुको उपस्थिति रहेको थियो। टिका खनाल र बिनोद भण्डारीद्वारा सहजीकरण गरिएको कार्यक्रममा विधालयमा अध्यनरत प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरु बिपन्न विद्यार्थीहरु लगायतलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
जसअनुसार शारदा बिक्रम स्मृति कोषबाट कक्षा १ देखि कक्षा ५ सम्मका प्रथम पाँच जना विद्यार्थीहरुलाई जनही १५ सयका दरले, कक्षा १,२ र ४ का तीन जना बिपन्न विद्यार्थीहरुलाई जनही १५ सयका दरले,प्रल्हाद चालिसे स्मृति कोषबाट कक्षा ६ देखि ९ सम्मका प्रथम ४ जना विद्यार्थीहरुलाई जनही २ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो।त्यसैगरी बिपन्न तर्फबाट कक्षा ६ देखि १० सम्मका बिपन्न ५ जना विद्यार्थीहरुलाई जनही २ र ३ हजारका दरले,सिमित तर्फबाट कक्षा १० र ११ का तीन जना विद्यार्थीहरुलाई जनही ५ हजारका दरले, साधारण तर्फबाट दुईजनालाई,सिमिश्र तर्फबाट दुई जनालाई गरि छात्रवृत्ति प्रदान गरिएको छ। त्यसैगरी स्कुल विद्यार्थीको भबिस्यको लागि अहोरात्र खट्नुहुने शिक्षकहरुको योगदानलाई कदर गर्दै ६ जना शिक्षकहरु र ३० वर्ष वा सो भन्दा बढी शिक्षा क्षेत्रमा निरन्तर सेवा गर्नुहुने करिब ९ जना शिक्षक शिक्षिका हरुलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै बिशेष अतिथी तथा नगर उप प्रमुख सान्नानी लामाले गोकर्णेश्वर नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक विधालय मध्येमा उत्कृष्ट विधालय रहेको बताउदै अझै पनि संस्थागत भन्दा सामुदायिक बिधालयको पठनपाठनलाई अगाडि बढाउन १७ वटा बिद्यालयमा बेला बेलामा बैठक गर्दै,शिक्षक शिक्षिका हरुलाई तालिम समेत प्रदान गर्दै आएको बताईन। त्यसैक्रममा नगरप्रमुख दिपक रिसालले बिधालयका ठुला भवन बनाएर गुणस्तरीय शिक्षा नभए कुनै अर्थ नहुने बताउदै अब नगरपालिका भित्र रहेका संस्थागत र सामुदायिक बिधालयलाई एकै ठाउँमामा राखेर शिक्षाको गुणस्तर वृद्धि गर्न प्राबिधिक धार तर्फ उन्मुख वातावरण मिलाउन थालिएको बताए।सीप भए पछि मात्र यदि देशमा बसेर काम गर्न सकिने भएकोले सिपमुलक शिक्षामा जोड दिएर काम गर्ने बताएका थिए।
अन्त्यमा कार्यक्रमका प्रमुख अतिथी तथा संघिय सांसद सन्तोष चालिसेले करिब ७३ वर्ष पहिला स्थापना भएको यो सामुदायिक बिधालयले डक्टर, इन्जिनियर, शिक्षक लगायत हजारौ बुद्धिजीवीहरू उत्पादन गर्न सफल भएको बताउदै नगरपालिका भित्र २७ वटा सामुदायिक विधालय स्थापना गरि यहाँका भाईबहिनीहरुलाई विभिन्न किसिमका शिक्षा प्रदान गर्न सफल भएको बताएका थिए। सांसद चालिसेले तत्कालीन समयमा यो विधालय स्थापना गर्न ठूलो भुमिका निर्बाह गर्ने रमेश बिकल,शरद बिक्रम बस्नेत,अग्नि प्रसाद ढुंगाना,क्षेत्र बहादुर थापा,कृष्ण प्रसाद चालिसे लगायतका हस्तिहरुलाई स्मरण समेत गरेका थिए।
कार्यक्रमका सभा अध्यक्ष राजिब थापाले पछिल्लो समयमा सामुदायिक बिधालयले जनताको मन जित्न नसक्नुका पछाडी केही यस्तो बर्ग छ जसले हामी हुने खाने हौ वा शिक्षाको लागि हामी खर्च गर्न सक्छौ भनेर देखाउनकै लागि पनि सामुदायिक बिधालयको महत्व कम देखिन गएको हो तर लोक सेवा आयोग शिक्षा आयोग लगायत विभिन्न क्षेत्रमा सामुदायिक बिधालयमै पढेका विद्यार्थीहरुको महत्व बढी र उतीर्ण हुने भएकोले सामुदायिक बिधालयलाई थप अगाडि बढ्नु पर्ने आफ्नो भनाई राख्दै ब्यस्त समयका बाबजुद पनि कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै औपचारिक कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए।