रोल्पा, जेठ २७। गंगादेव गाउँपालिका रोल्पाको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम -२०८० वडा नं २ को वडा कार्यलय सुखाओडारको प्राङ्गणमा सम्पन्न भएको छ।
गंगादेव गाउँपालिका अध्यक्ष हरि पुन मगरको सभापतित्वमा भएको कार्यक्रममा गंगादेव गाउँपालिका उप प्रमुख अमृता कुमारी केसी,निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत,गाउँपालिका अन्तर्गतका वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु,कर्मचारीहरु,बुद्धिजीवी समाजसेवी पत्रकार लगायत स्थानिय दाजुभाइ दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।देश जनता तथा परिवर्तनका खातिर प्राण आहुति गर्नुहुने सम्पुर्ण महान ज्ञात अज्ञात सहिद हरु प्रति एक मिनेट मौन धारण संगै औपचारिक रुपमा शुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिज्ञासा राख्ने क्रममा राम कुमार आचार्य,नवीन ओली,प्रविण ओली,राम बहादुर डाँगी,तारा ओली, अशोक ओली लगायत सहभागीहरुले स्थानिय तहमा रहेका शिक्षा,स्वास्थ्य, रोजगारी, खानेपानी लगायत विविध समसामयिक विषयवस्तुमा आफ्ना प्रश्न जिज्ञासा र सुझावहरु राखेका थिए।जसको जवाफमा सम्बन्धित वडाका वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष हरि बहादुर पुन,गाउँपालिका उपप्रमुख अमृता ओली केसी,निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम ओली लगायतले समस्या र समधान, अहिले सम्म सम्पन्न गरिएका कार्यहरु आगामी दिनमा गर्नुपर्ने कार्यहरूका बारेमा स्पष्ट पारेका थिए।एम्बुलेन्स सुबिधा र भाडादर,सुत्केरी महिलाहरुका समस्या, उपचार, डेलिभरीमा समस्या, गाउँपालिका सरकारले निर्धारण गरेको प्रति केजी १ रुपैया दरको कर सम्बन्धी मापदण्ड, नियमन, कार्यन्वयन र कडाई सम्वन्धी उठेका जिज्ञासा्हरुको सम्बन्धित शाखाका प्रमुखहरुले स्पष्ट पारेका थिए।गंगादेव गाउँपालिकाका आन्तरीक लेखा परीक्षक उदय प्रकाश वलीको स्वागत मन्तव्य बाट सुरु भएको सार्बजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले आर्थिक वर्ष २०७९/ ८० मा गाउँपालिकाले गरेका गतिविधिहरूको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी केसीले आफ्नो मन्तव्य राख्दै आफुले गरेका सम्पुर्ण गतिविधिका प्रतिवेदन शाखा प्रमुख शालिक राम बस्नेतले स्पष्ट पारिसकेको बताउदै झ्याम कोइला सडक खन्डको अबस्था,करको को दायरा,बिकास लगायतका कार्यहरुमा समुदायको पनि एकता हुनुपर्नेमा जोड दिदै आगामी दिनमा अझै अग्रसरता बढाउने प्रतिबद्धता सहित प्रश्न तथा जिज्ञासा राख्नुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गरेकी थिइन।कार्यक्रमको समापन गर्दै गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले हिजोको नेतृत्वको सानो गल्ती कमजोरीका कारण आज टन्टलापुर घाममा कार्यक्रम गर्नुपरेका जस्ता भनाई राख्दै आगामी दिनमा सकेसम्म नागरिकका गुनासाहरु नआउने र भएपश्चात तत्काल सम्बोधन गर्ने उदेश्यका साथ अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका थिए साथै सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागी भइ प्रश्न जिज्ञासा सुझाव तथा सल्लाह राख्नुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख तुलाधर शर्माले गरेका थिए।