झापा, दमकमा खस क्षेत्रीहरूले प्रदेश न.१.का मुख्यमन्त्री र कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरुका बिरुद्ध बंशगद्दार गरेको भन्दै पुत्ला दहन गरेको छ।
लामो समयदेखि पहिचानको आधारमा प्रदेश नामाङ्कन हुनु पर्छ भनी पटक पटक देश भरी नै आन्दोलन भैईरहँदा चैत १७ गते प्रदेश एकको नाम कोशी बहुमत सांसदहरुले राखे पनी प्रदेशभरी अशान्त भैइरहेको छ। प्रदेश १ को नामाकरण कोशी राखिएको बिरोधमा भएको आन्दोलनमा एकजना लाजेहाङ लिम्बुले ज्यान गुमाएका छन भने सयौं घाइते भएका छन ।दिनप्रतिदिन स्थिति तनावग्रस्त हुँदै छ भने झन झन आन्दोलनहरू चर्किंदै गएको अवस्था छ।
मुलत: ७ प्रदेश मध्ये ६ प्रदेशको नामाङ्कन षड्यन्त्रपुर्बक पहिचान बिपरित बिना आधार त्यहाँको बिना पहिचान नदि नालाको नामबाट प्रदेश नामाङ्कन गरेर त्यहाँका पहिचानको नामेट पार्ने खालको गतिविधि गरेर हाम्रो आफ्नै खसान पहिचान माथी पनी घात गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै खस युवा मेचका अध्यक्ष युवा नेता अशोक क्षेत्रीले बताएका छन।
प्रदेश १ लाई जबरजस्ती कोशी नाम राखे पश्चात् पहिचानबादीहरुले बारम्बार सच्याउन पटक पटक माग गर्दै आएपनि सरकारले शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने कार्य नरोकिएपछि यस्तो कार्यको हामी खस क्षेत्री युवामंच घोर आपत्ति जनाउन चाहान्छौ ।अब यो आन्दोलन अन्य जिल्लाहरूमा पनि लगातार गर्दै जाने अध्यक्ष क्षेत्रीले बताए।महेन्द्र कटुवालको संयोजकत्वमा भएको कार्यक्रममा १) हिक्मत कार्की ( मुख्यमन्त्री ), २)अमर बहादुर बिष्ट, ३) इन्दिरा थापा, ४) उद्बब थापा, ५) एकराज कार्की, ६)केदार कार्की,७)खगेस्वरी पौडेल, ८)गोबिन्द गिरि ,९)ज्ञानेन्द्र सुवेदी,१०) बाबुराम गौतम,
११) रमेश कुमार बस्नेत, १२)राजेन्द्र कार्की,१३) रोहित बहादुर कार्की,१४)रेबतिरमण भण्डारी,१५) लिला बल्लभ अधिकारी,१६)हिमाल कार्की , १७)होम बहादुर थापा,१८) खडक बहादुर बस्नेत लगायतको पुत्ला दहन गरिएको आयोजकले बताएको छ।
त्यसैगरि सबै प्रदेशको नामाङ्कन सच्याउन राज्यलाई आग्रह गर्न चाहान्छौ । खस र आर्यलाई छुट्टाएर आदिवासीमा सूचीकरण गर्न माग गर्दै हिजो जेठ २२ गते दाहसंस्कार खस क्षेत्रीहरूको उपस्थितिमा भएको ब्यक्त गर्दै पहिचान विरोधीहरु आफ्नै अस्तित्व र संस्कारको विरुद्ध लाग्ने प्रदेश नम्बर १ का सम्पुर्ण खस सभासद हरुको पुत्ला ,दाहसंस्कार गरिएको बताएका छन। यदि राज्यले कोशी सङ्गै सबै प्रदेशको नामाङ्कन नसच्याए देशै भरी यस्ता कार्यक्रम सार्बजनिक गर्ने चेतावनीसम्म दिएका छन।