नेपाली प्रवासी श्रमिक संघ (GSG QATAR ) ले सनैयाको निम्ति आफ्नो एरिया कमिटी विस्तार गरेको छ।
आज मिति २-जुन-२०२३ का दिन सनैया को ग्रयाण्ड मल स्थित अरवियन रेस्टुरेण्ट प्लाजाको सभा हलमा कार्यवाहक अध्यक्ष समुन्द्र खड्का को अध्यक्षतामा GSG QATAR ले "एरिया भेला तथा प्रशिक्षण कार्यक्रम" को आयोजना गरी सनैया A र सनैया B गरी दुइवटा एरिया कमिटी गठन गरेको हो।
संस्थाको विधान बमोजिम संगठन विस्तार गर्ने क्रममा यस भन्दा अघी अलखोर र रासलाफ्फान दुइ वटा एरिया कमिटी गठन गरि सकेको नेपाली प्रवासी श्रमिक संघले आज गरेको संगठन को विस्तार सँगै संगठन थप दह्रो भएको कुरा संगठन का महासचिव नवराज शाहीले कार्यक्रमको दौरान बताएका थिए।
आज आयोजना गरिएको "एरिया भेला तथा प्रशिक्षण कार्यक्रम" मा प्रमुख अतिथी को आतिथ्यता ग्रहण संस्थाका संस्थापक अध्यक्ष विश्वराज नेपालले गरेका थिए। उपस्थित श्रमिकहरूलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपालले संस्थाको इतिहास तथा संस्थाको माध्यम बाट श्रमिक हरूले प्राप्त गरेका उपलब्धीहरू उपर प्रकाश पारेका थिए।
प्रशिक्षण कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष खेमराज सुवेदीले " हामीले हाम्रा कर्तव्यहरू भुल्न नहुने तथा आफ्ना कर्तव्य पालना गर्दै अर्काको अधिकार हनन नगरी आफ्नो अधिकार प्रयोग गर्नु पर्दछ" भन्ने कुरा बताए। उपस्थित श्रमिक साथीहरूलाई सम्बोधन गर्दै उपाध्यक्ष सुवेदीले " यहाँ को श्रम कानुनको अध्ययन गर्ने, कानुनले निर्धारण गरेको आफ्ना कर्तव्य तथा अधिकारको पहिचान गर्ने, अरू कसैको अधिकार हनन नगरी आफ्नो कर्तव्य निभाउँदै आफ्नो अधिकार को प्रयोग गरेमा प्राय: सबै समस्या हरूको न्यूनीकरण हुन्छ" भन्ने कुरा आफ्ना प्रशिक्षण मा राखे।
दुवै एरिया कमिटी गठन गर्दा निर्वाचन संयोजकको भूमिका प्रवासी नेपाली मन्च मध्य पूर्व सदस्य चानिलाल राजवंशी ले निभाएका थिए भने निर्वाचन सदस्यमा गुमान सिंह बि क तथा संस्थाका सचिव लोक बहादुर थापा रहेका थिए।
एरिया कमिटीको विभाजन स्ट्रीट नम्बर लाइ आधार मानेर गरिएको थियो। एक नम्बर देखि ३३ नम्बर सम्म लाई A कमिटी बनाइएको थियो। ध्रुव राजवंशी सर्व सम्मत रूपमा सनैया एरिया कमिटी A का अध्यक्ष चुनिए। ३४ नम्बर देखि ५२ नम्बर सम्मको भूभागलाई सनैया एरिया कमिटी B को नामाकरण गरियो। जसका अध्यक्ष पोम बहादुर थापा सर्वसम्मत रूपमा चुनिए।
आज गठन गरिएको एरिया कमिटी कार्य समिति सदस्य हरूको नामावली :
सनैया एरिया कमिटी A (स्ट्रीट १ देखि ३३ सम्म)
ध्रुव राजवंशी -अध्यक्ष
नगेन्द्र प्रसाद राजवंशी-उपाध्यक्ष
विक्रम राजवंशी-सचिव
अरुण भण्डारी-आर्थिक सचिव
मन सिंह राजवंशी-सदस्य
नारायण राजवंशी -सदस्य
घनलाल राजवंशी-सदस्य
सनैया एरिया कमिटी B (स्ट्रीट ३४ देखि ५२ सम्म)
पोम बाहादुर थापा -अध्यक्ष
बसन्त बि क -उपाध्यक्ष
रमेश श्रेष्ठ -सचिव
गुमन सिंह खत्री -आर्थिक सचिव
रमेश खड्का -सदस्य
हरि खत्री -सदस्य
सुरज मैनाली -सदस्य
मदन सेन -सदस्य
मदन भट्टराइ -सदस्य
चन्द्र गुरुङ्ग -सदस्य
मति मुस्कान -सदस्य
टंक बि क -सदस्य
नारायण रोका -सदस्य
प्रेम राइ -सदस्य
नरेश बि क -सदस्य
कार्यक्रमको अन्त्यमा संस्थाका कार्यवाहक अध्यक्ष समुन्द्र खड्काले निर्वाचित सबै कार्यसमिति सदस्यलाई दोसल्ला ओढाइ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए। उक्त कार्यक्रमको को संचालन संस्थाका महासचिव नवराज शाही ले गरेका थिए।