काठमाण्डौ, उच्च शिक्षालय तथा माध्यामिक विधालय संघ (हिसान)को यहि आउँदो जेठ २२ गते हुने 'प्रथम हिसान म्याराथन-२०२३' प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको छ।
'Let's Run Together For Environment' भन्ने मुल नाराका साथ हुन गैईरहेको उक्त प्रतियोगिता आउँदो जेठ २२ गते तदनुसार जुन ५,२०२३ का दिन बिहान ठिक ७ बजे देखि हिसानको कार्यलय रहेको ट्रेड टावर थापाथलीबाट शुरु हुने छ।युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको समुपस्थितिमा ४ किमिको दुरीमा दौड प्रतियोगिता शुरु हुने छ।हिसानका सदस्य संस्थाहरुमा अध्ययनरत बिद्यार्थी बिच हुने प्रतियोगितामा तोकिएको तहका नियमित विद्यार्थीहरुले मात्र भाग लिन पाउने छन।म्याराथनको रुट थापाथली ट्रेड टावर,थापाथली,त्रिपुरेश्वर रंगशाला,सुन्धारा,न्युरोड गेट,रत्नपार्क,जमल,त्रिचन्द्र कलेज,पुरानो बसपार्क,रामशाह पथ,माइतिघर,हुँदै शुरु भएको बिन्दुमा आएर समापन हुनेछ।
करिब ३०० जना सहभागी रहने प्रतिस्पर्धामा महिला तथा पुरुष दुबै तर्फबाट प्रथम, द्वितीय र तृतीय बिजेता हरुलाई क्रमशः १५ हजार,१० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ भने महिला र पुरुष तर्फ दुबैबाट ३/३ जनालाई सान्त्वना पुरस्कार स्वरुप जनही रु. १ हजार प्रदान गरिनेछ।
शिक्षाको नीति, स्वरुप र दिशा निर्धारणमा सरकारलाई विभिन्न माध्यामबाट सहयोग गर्दै आएको हिसानले समसामयिक विषयवस्तुमा छलफल बहस चलाउने एवं जनसरोकारका विषयहरुमा कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ।त्यसैगरी वातावरण संरक्षण आजको एक महत्वपूर्ण चुनौती र आफैमा बहुआयामिक बिषय रहेकोले वातावरणको महत्व र संरक्षणमा सम्बन्धित निकाय र स्वयं राज्य नै गम्भीर हुनुपर्छ भन्ने जनचेतना सुझाव र ध्यानाकर्षणका लागि जेठ २२ (जुन ५) वातावरण दिवसको अवसर पारेर उक्त दौड प्रतियोगिताको आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ।