काठमाडौं, नीजि तथा आवासीय बिद्यालय संगठन काठमाण्डौले आफ्नो पाँचौ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई चाबहिल स्थित के एल टावरको इम्पेरियल पार्टी प्यालेसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ।
प्याब्सक का नवनिर्वाचित अध्यक्ष राजन श्रेष्ठको सभा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी एन प्याब्सनका केन्द्रीय सह अध्यक्ष सुबास न्यौपाने रहेका थिए।त्यसैगरी बिशेष अतिथिहरूमा प्याब्सक संस्थापक केदार राज पुडासैनी,प्याब्सक सल्लाहकार तथा एनप्याब्सनका केन्द्रीय सचिब बिष्णु प्रसाद पराजुली, नारायण बाबू तिमिल्सिना ,संस्थाका प्रमुख सल्लाहकार गेन्द्र लामा लगायत रहेका थिए भने अतिथि हरुमा निर्वाचन आयुक्त छन्द प्रसाद आचार्य,आशिष बैध्य , दिनेश खतिवडा लगायत विभिन्न संक्षिप्त संस्थाका सल्लाहकारहरू,कार्यसमिति सदस्यहरु,विभिन्न नीजि तथा आवासीय बिधालयका प्रीन्सीपलहरु,शिक्षक तथा शिक्षिका हरु,बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति रहेको थियो।
प्याब्सकका महासचिव सुदिप काफ्ले द्वारा सहजीकरण गरिएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष पुष्पराज सिम्खडाले दिएका थिए। केही बेर पोजिटिभ भाईब्रेसन प्रशिक्षक रबिन कटुवालले खुट्टा तान्ने होईन हात तान्ने प्रवृत्तिको बिकास गर्नुपर्ने जोड दिदै आफ्नो उर्जा वान प्रशिक्षण दिएका थिए।
कार्यक्रममा गत बैशाख ३० गते भएको प्याब्सकको पाँचौ अधिवेशनबाट नवनिर्वाचित १५ सदस्य र मनोनित २ सदस्य गरि १७ सदस्यीय कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरिएको थियो।निर्वाचित कार्यसमिति सदस्यहरुमा अध्यक्ष - राजन श्रेष्ठ ,उपाध्यक्ष पुष्पराज सिम्खडा,महिला उपाध्यक्ष मिरा सिलवाल,महासचिव - सन्दिप काफ्ले,उप महासचिव - राज पुडासैनी, सचिब - लक्ष्मी गुरुङ,कोषाध्यक्ष- राजेश्वर तिवारी, सह- कोषाध्यक्ष होम लक्ष्मी गुरुङ,सदस्यहरुमा: निराजन आचार्य,रुपक लामिछाने ,सुस्मिता मैनाली,मुरारी चालिसे,सुरेन्द्र मगर, सन्तु खड्का,शिव कुमार तिमिल्सिना, मनोनीत सदस्यहरु दिनेश खत्री र मीन कुमार कोइरालालाई प्रमाणपत्र प्रदान गरिएको थियो।
संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार गेन्द्र लामालाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । संस्था र शिक्षा क्षेत्रमा योगदान पुर्याउनुहुने व्यक्तित्वहरुलाई कदर पत्र तथा प्रशंसा पत्रले सम्मान गरिनुका साथै उपस्थित अन्य व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
विभिन्न व्यक्तिहरुले आफ्नो मन्तव्य राख्ने क्रममा विशेष अतिथि तथा प्रमुख सल्लाहकार गेन्द्र लामाले राजन श्रेष्ठको नेतृत्वमा नवनिर्वाचित कार्यसमिति एउटा अनुभवी दक्ष र डाईनामिक टिम रहेकोले प्याबसकले शिक्षा क्षेत्रमा ठुलो प्रभाव ल्याउनेमा बिश्वास ब्यक्त गर्दै कार्यक्रम पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए। त्यसैगरी प्रमुख अतिथि सुबास न्यौपानेले लामो समय परिवर्तनका लागि बिभिन्न बिद्रोह आन्दोलन भोगिरहेको नेपालको शिक्षामा आमूल परिवर्तन हुन नसकेको बताउदै यो कार्यसमिति एउटा आफैमा दक्ष र अनुभवी युवाहरुको टिम भएकोले शिक्षामा परिवर्तन अवश्य ल्याउनेमा बिश्वास ब्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष राजन श्रेष्ठले आफुले बोलिसकेपछि अरुको कुरा नसुनी बाहिर निस्किने अरुको कुरामा ध्यान नदिने जस्ता गैर जिम्मेवारी पनको यथासिघ्र अन्त्य हुनुपर्ने बताउदै प्याबसक आफ्नो उदेश्य प्रति कटिबद्ध रहेकोले 'फुटाउ र राज गर' भन्ने तत्वहरु घुस्न नपाउने र राम्रो काम गर्दा बिगार्न खोज्नेहरु आफैमा निष्क्रिय भएर जाने बताउदै आफ्नो कार्यकालमा कार्यसमिति सदस्यहरुलाई बिदेश भ्रमणमा लैजाने आफ्नो प्रतिबद्धता जनाउदै सम्पुर्णमा धन्यवाद ब्यक्त गरि कार्यक्रम समापन गरेका थिए।कार्यक्रम अबधिभर मुग्लानी खबर द्वारा लाईभ प्रशारण गरियको थियो भिडियो हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोला
https://fb.watch/kIlS9GwjE7/
https://fb.watch/kIlWhiM8bJ/