दोहा : कास्की आदर्श सेवा समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा बृहत रक्तदान कार्यक्रम हुँने भएको छ ।
"रक्तदान नै जीवन दान हो"
"रक्तदान गरौं ,परोपकारी कार्यमा सहभागि होऔं "भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आउँदो २६ मे शुक्रबार, कतारको सरकारी अस्पताल हमादको "ब्लड डोनर सेन्टर" मा उक्त कार्यक्रम हुन लागेको आयोजक संस्था कास्की आदर्शले जनाएको छ ।
कार्यक्रममा कतारमा स्थापित सामाजिक तथा बैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीलाई उपस्थित भएर रक्तदान गरिदिन हुन संस्थाका अध्यक्ष अग्निधर देबकोटाले अनुरोध गरेका छन् ।
रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु भएर दिउँसो १ बजे सम्म रहने आयोजक संस्था कास्की आदर्श सेवा समाज कतारले जनाएको छ ।
रक्तदाताले रक्तदान गर्दा ध्यान दिनुपर्ने कुराहरु
१ ) रक्तदाताले कतारी परिचय पत्र वा ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्नेछ ।
२. रक्तदाता कतार प्रबेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
३. अघिल्लो पटक रक्तदान गरेको २ महिना पुरा भएको हुनुपर्नेछ ।
४. एन्टीबायोटिक सेवन नगरेको, २४ घण्टा भित्र मदिरापान नगरेको हुनु पर्नेछ ।
५. अनिन्द्रा तथा खाली पेटमा नभएको हुनुपर्ने छ ।
६. रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुनेछ ।
७. रक्तदाताको उमेर १८ -६५ बर्षको बीचमा हुनु पर्नेछ , भने तौल कम्तिमा ५०किलो हुनु पर्नेछ ।
बिस्तृत जानकारीको लागि सम्पर्क -
कार्यक्रम संयोजक - नबिन पौडेल -५५०२१९०५
यातयात संयोजक - ऋषिराम बिश्वकर्मा ७०५२७४९७
गणेश ढकाल -७७९६८२९५
बिजय कुमार मगर ५५९४९६२७
अमृत बिश्वकर्मा -३१४४४८८०
केदार भण्डारी -५५०३९७९१
केशु गुरुङ ५५०८२०३२