काठमाण्डौ, जोरपाटी ब्याडमिन्टन क्लवका वार्षिकोत्सवको अवसरमा गोकर्णेश्वर नगर स्तरीय तथा काठमाण्डौ उपत्यका ब्यापी ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
जोरपाटी ब्याडमिन्टन क्लब गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीको आयोजनामा हुने उक्त प्रतियोगिता यहि आउँदो जेठ १३,१४ र १५ गते जोरपाटी ब्याडमिन्टन क्लबको हलमा हुने भएको छ।उक्त प्रतियोगितामा सहभागिता जनाउनको लागि जेठ ४ गते देखि जेठ ११ गते बेलुका ५ बजे भित्र आवेदन फारम क्लबले उपलब्ध गराएको सम्पर्क व्यक्तिहरु मार्फत बुझाउनु पर्ने छ।नगर स्तरीय प्रतियोगिताको लागि निशुल्क साथै काठमाण्डौ उपत्यका ब्यापि प्रतियोगिताकाहरू मेन्स डबल र भेट्रास डबलका लागि रु.२५ सय र सुपर भेट्रासका लागि आवेदन फारम शुल्क १ हजार लाग्ने बताईएको छ।नगर स्तरीय प्रतियोगिता: अन्तर्गत खुल्ला डबल र भेट्रोन डबल (40 Over) साथै उपत्यका स्तरीय प्रतियोगिता अन्तर्गत खुल्ला डबल ( Except NBA Top 20 Ranking), भेट्रान डबल ( 40 ओभर) र सुपर भेट्रान डबल (55 ओभर) का खेल हुने आयोजकले बताएको छ।
त्यसैगरी बिजेता खेलाडीहरुलाई नगर स्तरीय प्रतियोगितामा मेन्स डबल खेल: अन्तर्गत प्रथम पुरस्कार नगद रु. २० हजार प्रमाणपत्र, मेडल र ट्रफी,दोस्रो पुरस्कार नगद रु १० हजार,प्रमाणपत्र , मेडल र ट्रफी र तेस्रो पुरस्कार नगद रु. ५ हजार', प्रमाणपत्र,मेडल र ट्रफी प्रदान गरिने छ।भेन्ट्रास डबल खेल: अन्तर्गत प्रथम पुरस्कार प्रथम पुरस्कार नगद रु २० हजार,प्रमाणपत्र,मेडल र ट्रफी,दोस्रो पुरस्कार नगद रु. १० हजार,प्रमाणपत्र, मेडल र ट्रफी,तेस्रो पुरस्कार नगद रु ५ हजार,प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने छ।
उपत्यकाब्यापी प्रतियोगिता: अन्तर्गत बिजेताहरुलाई मेन्स डबल खेलमा प्रथम पुरस्कार नगद रु. १५ हजार, प्रमाणपत्र, ट्रफी र मेडल, दोस्रो पुरस्कार नगद रु ८ हजार प्रमाणपत्र ,ट्रफी र मेडल,तेस्रो पुरस्कार नगद रु.४ हजार, प्रमाणपत्र ,ट्रफी र मेडल,भेन्ट्रास डबल: खेलका बिजेताहरुलाई प्रथम पुरस्कार नगद रु.१५ हजार,प्रमाणपत्र ,ट्रफी र मेडल,दोस्रो पुरस्कार नगद रु.८ हजार,प्रमाणपत्र ,ट्रफी र मेडल,तेस्रो पुरस्कार नगद रु.४ हजार,प्रमाणपत्र ,ट्रफी र मेडल प्रदान गरिने छ।साथै सुपर भेट्रास डबल: खेलमा भने प्रथम पुरस्कार नगद रु १० हजार,प्रमाणपत्र ,ट्रफी र मेडल,दोस्रो पुरस्कार नगद रु.५ हजार,प्रमाणपत्र ,ट्रफी र मेडल र तेस्रो पुरस्कार नगद रु.३ हजार,प्रमाणपत्र ,ट्रफी र मेडल प्रदान गरिने छ भने थप जानकारीको लागि कृष्ण थापा मोबाईल नं ९८४१६१७१४८ र नरेश धौगोडा मोबाईल नं ९८४१८१३८१३ मा सम्पर्क गर्न सकिने छ।
गोकर्णेश्वर नगरपालिका नगर स्तरीय तथा काठमाण्डौ उपत्यका ब्यापी प्रतियोगितामा लागू हुने नियमहरु यस प्रकार रहेका छन।