दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाले १७ औं स्थापना दिवस तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
“शान्ति र लोकतन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता ” भन्ने मूल नाराका साथ इश्वी सन् : २००६ मा स्थापना गरिएको महासंघ, कतार शाखाले नेपाली दूतावासको सभाहलमा (१७ औं )वार्षिक उत्सवको अवसरमा केक काटेर भब्य उपस्थितिको बीच सम्पन्न गरेको हो ।
महासंघ कतार शाखाको स्थापना दिवस हरेक वर्ष मे महिनाको ११ तारीक पर्ने भएपनि यसपाली, सबैको छुट्टी हुने दिन १९ तारिख शुक्रवार पारेर सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकाल रहेका थिए ।
आफ्नो सम्बोधनको क्रममा प्रमुख अतिथि ढकालले पत्रकार पेशा आफैमा चुनौतीपूर्ण रहेको बताए । नेपालको संविधानले पत्रकारलाई रास्ट्रको चौथो अङ्गमा वर्गीकरण गरेकाले सोही अनुसार समचार लेखनमा सत्यता, निष्पक्षता हुनुपर्नेमा ढकालले जोड दिए । केही पत्रकारले समाजमा अफवाह फैलाउने,बिभाजन गर्ने जस्ता "निच " पत्रकारीता गर्ने हुँदा सबैजना सचेत हुन आग्रह गरे ।
कतारमा रहेका सम्पुर्ण पत्रकारहरुले आफ्नो पेशालाइ उच्च मर्यादा कायम राख्दै जटिलता ,विश्वशनियता र भोलीको दिनमा निम्ताउने अप्ठ्यारा परिस्थितीहरू सँग जुद्धै कलम चलाउन आग्रह गर्दै दोहामा रहेका विभिन्न संघ संस्था बारे चिन्तन व्यक्त गर्दै आफ्नो मन्तव्य राखेका थिए ।
संघका उपाध्यक्ष दिल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख सल्लाहकार तथा रेगिस्तानी कवि तिर्थ सङ्गम राइले मीठो साहित्यक "कविता " वाचन गरे ।
समयमै सुचारु भइ,समयमै सकिएको एक भिन्न विशेष कार्यक्रममा मन्तव्यको लागि छुट्टै ६ जना वक्ता हरु तोकिएको थियो । नेपाली महिला समाज कतारकि अध्यक्ष सरिता भन्डारी पौडेल,सामाजिक बुद्धिजिवि व्याक्तित्वहरु कमलमणि गुराँगाईं,बिमल सुबेदी,एनसीसी कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,रेडियो कतार उर्दुका पत्रकार ओबैद ताहीर,एम ई आकाश बङ्ला - कतार प्रेस क्लब बाटले विभिन्न शीर्षकमा आ- आफ्नो धारण राखे । साथै बोल्ने सबै बक्ताहरुलाई मायाँको चिनो प्रदान गरियो ।
कार्यक्रममा नेपाली समुदाय बाट नेपाली व्यवसायी तथा अग्रज व्यक्तित्व डा.देव काजी डङ्गोल र अरेबियन गल्फ (penirsula ) का सिनियर पत्रकार Ashraf siddiqui लाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरिएको थियो । त्यसैगरि QN खबरका संचालक अनिल मगर र सारदा भुजेल लाई प्रोत्साहन पत्र प्रदान गरिएको थियो !
पत्रकार महासंघ कतार शाखाको १७ औं स्थापना दिवसको अवसरमा महासंघको निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित भएर सफल तुल्याईदिने सम्पूर्ण संघ- संस्था तथा सामाजिक अभियान्ताहरू प्रति कार्यक्रमका सभापति करिम बक्स मियाँले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।
सभापति मियाँले कतारमा रोजगारिको निम्ति आएका हामि नामको अगाडि (पत्रकार )किन थपिएको छ भन्ने बारेमा प्रष्ट पारेका थिए । महासंघ कतार शाखा अरू संस्थाभन्दा छुट्टै रहेको बताउँदै मियांले भाषण भन्दापनि आफ्नो उदेश्य प्राप्तिमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव अर्जुन पौडेललेगरेका थिए ।