कमल गाउँपालिकामा प्रदेश १ स्वास्थ्यमन्त्री निर्मला लिम्बूको उपस्थितिमा २ सय भन्दा बढी स्वस्थ्य सामाग्री उपहार स्वरुप अस्पताललाई प्रदान गरिएको छ l कमल गाउँपालिका स्थित कमल नगर अस्पतालको प्राङगणमा जेष्ठ ३ गते एक औपचारिक कार्यक्रम गरि स्वास्थ्य सेवामा अत्यावस्यक विभिन्न मेडिकल सामाग्री उपहार स्वरुप हस्तान्तरण भएको छ। वर्क फर नेपाल संस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीको सभाध्यक्षतामा आयोजित कार्यक्रम राष्ट्रियगान बाट शुरु गरीएको छ भने सामाजिक क्षेत्रमा अन्य ठाउहरुमा पनि सहयोग गर्दै आएको हेल्पिङ हेण्ड नेपाल संस्थाद्वारा मेडिकल सामाग्रीहरु बिरामीहरूका लागि अत्याधुनिक एलोक्ट्रीक बेड,हाइड्रोलिक स्ट्रेचर, सिनेटर पेड सर्जिकल मास्क लगायत दुई सय भन्दा बढीको आइटम प्रमुख अतिथी स्वास्थ्यमन्त्री निर्मला लिम्बुको हस्तवाहुली बाट प्रदान गरिएको थियो।
भने खानेपानी वायो वाटर फिल्टर पनि हस्तान्तरण पछि मन्त्री निर्मला लिम्बुको हस्त बाहुली बाट रिबन काटी प्रमुख अतिथी विशेष अथितिहरुले पानी पिएर उद्घाटन गरेका थिए। प्रमुख अतिथी लिम्बुले कार्यक्रम लाई सम्बोधन गर्दै नेपालको सविधानमा नै हरेक नागरिकले स्वास्थ्य सेवा र शुद्ध पिउने पानी पाउनु पर्ने भनेर उल्लेख गरिएको छ ।
प्रदेश सरकारका स्वस्थ्य मन्त्री निर्मला लिम्बुले हरेक नागरिकलाई स्वास्थ्य र शुद्ध पिउने पानी सहज रुपमा उपलब्ध गराउनु पर्ने सरकारको दायित्व भएको पनि बताउनु भएको छ । सो कुरा हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग र वर्क फर नेपालको व्यवस्थापनमा झापाको कमल गाउँपालिका स्थित कमल नगर अस्पताललाई उपहार स्वरुप स्वास्थ्य सामाग्री र खानेपानी प्लान्ट हस्तान्तरण पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री लिम्बुले खुसी व्यक्त गर्नु भएको छ !
विशिष्ट अतिथी हुकुम सिंह राईले कमल गाउँपालिका नव निर्वाचित जनप्रतिनिधिले साझा प्रतिबद्धता गरेका थियौ की गाउँ वासी हरेक नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याइने भनेर । त्यसलाई मूर्त रुप दिदै हामि निर्वाचित भएर आएको नौ महिनामा कमल नगर अस्पताल बाट स्वास्थ्य विमा सहितको सेवा सुरु गरेका छौ । स्वास्थ्य जस्तो गम्भिर विषय हरेका गाउँवासीले सहज र सरल रुपमा पाउनु पर्छ भनेर हामी दिनरात लागि परिरहेको यस्तो अवस्थामा हामीले ५० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री पाएका छौं । यसमा हामि अत्यन्तै हर्ष विभोर भएको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।
त्यस्तै झापा जिल्ला अन्तर्गतका कमल गाउँपालिका , बार दशी गाउँपालिका र झापा गाउँपालिकाका नगर अस्पताललाई १ करोड ५० लाख मुल्य बरावरको स्वस्थ्य सामग्री प्रदान गरिएको हो ।
बिगत ६ वर्ष देखी नेपालका ७ वटा जिल्लामा टुहुरा बालबालिकाको शिक्षा र स्वस्थ्य, सामुदायीक विद्यालयमा शुद्ध पिउने पानीको रजिष्ट्रेशन प्लान्ट जडान, सिप विकास सम्बन्धित तालिम र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टले यस पटक पालिकामा रहेका नगर अस्पताललाई स्वस्थ्य साम्राग्री उपहार स्वरुप प्रदान गरेको र यो स्वस्थ्य सामग्रीले यहाँका जनतालाई स्वस्थ्य उपचारमा ठुलो सहयोग पुग्ने हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टका प्रोग्राम मेनेजर जिब पोखरेलले बताउनु भयो ।
अस्पताललाई प्रदान गरिएका स्वस्थ्य सामाग्री अन्तर्गत इलेक्ट्रोनिक बेड, भिडियो एक्स रे ,सूक्ष्मदर्शक यन्त्र , वाफलगाउने मेसिन लगायत २ सय भन्दा बढी स्वस्थ्य सामाग्री उपहार स्वरुप अस्पताललाई प्रदान गरिएको छ ! त्यस्तै कमल उपप्रमुख प्रमिला न्यौपानेले पनि आफ्नो भनाई राखेकी थिइन ।
श्री पाथिभरा बोर्डिङ र अन्य बोर्डिङका विद्यार्थीहरु लगायत स्थानीयवासीहरु बाक्लो उपस्थिति थियोl कार्यक्रम अबधि भरी मौसमको अनुकुलता संगै सौहार्दपूर्ण बाताबरणमा सम्पन्न सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशव भण्डारीले सन्चालन गर्नु भएको थियो भने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।