काठमाडौ, गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको माने परिवार महिला समाजद्वारा संचालित १५ दिने उद्घोषण तालिमको समापन तथा डस्टबिन बितरण महाँकाल भैरव सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा संचालित १५ दिने उद्घोषण तालिम माने परिवार महिला समाजको आयोजनामा गत बैशाख १७ गते शुरु भई बैशाख ३१ गते सम्पन्न भएको उक्त कार्यक्रम आज जेष्ठ ३ गते एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा समापन गरिएको हो।कार्यक्रमको शुरुवात देखि प्रशिक्षकहरू गणेश नेपाली र अनिल सुनामले प्रशिक्षण दिएका थिए।
संस्थाकी अध्यक्ष निरु मल्ल श्रेष्ठको सभा अध्यक्षतामा शुरु भएको समापन कार्यक्रममा प्रमुख अतिथी गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने विशेष अतिथीहरुमा वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ रहेका थिए।त्यसैगरी
अतिथिहरूमा वडा न ८ कि वडा सदस्य सोभिता मिजार, चन्द्रलाल श्रेष्ठ ,सीता तिमल्सिना ,सुमन लामा,न्यायिक समितिका कानुनी सल्लाहकार हिरा तामाङ,वडा नं ८ का पुर्ब कार्यबाहक वडा अध्यक्ष डम्बर श्रेष्ठ,महाकाल भैरव संरक्षण संस्थाका अध्यक्ष त्रिचन्द्र नगरकोटी,आरुबारी डाँडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दहाल,महाकाल भैरव महिला समाजकी अध्यक्ष सुमित्रा श्रेष्ठ,आरुबारी डाँडा गाउँ महिला समाज अध्यक्ष तारा जोशी,गोकर्णेश्वर सेवा समाजका अध्यक्ष धर्मलाल श्रेष्ठ,आनन्दपुर महिला समाजका अध्यक्ष शान्ति कुमारी लामा,श्री नवयुवा नेवा संघका अध्यक्ष कमल श्रेष्ठ,आरुबारी महिला समुहका अध्यक्ष दीपा लामा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानिय प्रशिक्षणमा सहभागी महिला दिदीबहिनीहरुको बुद्धिजीवी समाजसेवी पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो।
तालिममा सहभागी भई कुशल उद्घोषण गर्न सक्षम रहेका द्वय रश्मी महर्जन र त्रीबिका श्रेष्ठ द्वारा सहजीकरण गरिएको कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष तथा बिशिष्ट अतिथी नन्दलाल श्रेष्ठले यो माने परिवार महिला समाजलाई परिक्षणको रुपमा उओ कार्यक्रम प्रदान गरिएको र सफलता पुर्बक सम्पन्न गरेकोमा धन्यबाद दिदै आउदा दिनमा वडाले सक्ने सहयोग गर्न सदैव तयार रहेको जनाएका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख दिपक कुमार रिसालले गोकर्णेश्वर नगरपालिकाले शिक्षा स्वास्थ्य, महिलाका प्रगती उन्नती र रोजगार मुलक कार्यक्रम लगायतमा विशेष ग्राह्ययता दिदै काम गर्दै आएको बताउदै महिला पुरुष संघ संस्था बर्ग समुदायका लागि नगरपालिकाले समान रुपमा हेर्दै आएको बताउदै माने परिवार समाज प्रशिक्षणमा।सहभागी महिला दिदीबहिनीहरुको सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी सम्पुर्ण प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने सहयोगी विभिन्न व्यक्तिहरुलाई कदर पत्र तथा प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।त्यसैगरी नगर प्रमुख दिपक रिसालको हातबाट संस्थाकी अध्यक्ष निरु मल्ल श्रेष्ठको हातमा डस्टबिन हस्तान्तरण गरिएको थियो।विभिन्न प्रशिक्षार्थिहरुबाट अनुभव मन्तब्य राखिएको थियो।
कार्यक्रमको अन्त्यमा संस्थाकी अध्यक्ष तथा सभा अध्यक्ष निरु मल्ल श्रेष्ठले बोल्दै १५ दिने तालिम गर्ने अवसर प्रदान गर्ने नगर प्रमुख दिपक रिसाल,वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, पन्ध्र दिन सम्म अनवरत प्रशिक्षण दिनुभएका प्रशिक्षणहरू,सहभागी महिला दिदीबहिनीहरुको,प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ सहयोग दिनुहुने विभिन्न व्यक्तित्वहरु लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन।कार्य अबधिभर लाइभ प्रशारण गरिएको छ जसको लागि तलको लिंक क्लिक गर्नुहोला...
https://fb.watch/kAzIB9EHHM/