काठमाण्डौ, 'अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज' को केन्द्रीय कार्यकारी समिति तथा केन्द्रीय समितिको सातौं बैठक गत २०८० बैशाख ३० गते शनिवार जुम भर्चुअल प्रबिधिको माध्यमबाट सम्पन्न भएको छ।
उक्त कार्यक्रमको सभाअध्यक्षता संस्थाका केन्द्रिय अध्यक्ष डिलाराम वलीले गरेका थिए भने प्रमुख अतिथिमा संस्थाका प्रमुख सल्लाहकार रामकृष्ण पुन र अन्य अतिथिहरुमा केन्द्रीय उपाध्यक्षहरु,केन्द्रीय कार्यसमिति सदस्यहरु,केन्द्रीय सदस्यहरु र अन्य शाखा प्रतिनिधिहरु लगायत विश्वभरी छरिएर रहेका रोल्पालीहरुको उपस्थिति रहेको थियो।
संस्थाको केन्द्रीय कार्यसमिति तथा केन्द्रीय समितिले उक्त बैठकबाट संस्थालाई पारदर्शिताका साथ गतिशीलता दिन विभिन्न जिम्मेवारीहरु प्रदान गर्नुका साथै महत्वपूर्ण निर्णयहरु गरेको छ।जसनुसार:
१ - संस्थाको संस्थागत आर्थिक अभिलेख तथा पारदर्शिताका b बारेमा संस्थाका केन्द्रिय अध्यक्ष,महासचिव र कोषाध्यक्षज्यूलाई जिम्मा लगाई सम्पूर्ण संस्थाका अभिलेख पारदर्शीता गर्ने गराउने निर्णय गरियो।
२ - संस्थाको चोथौँ बैठकले पारित गरेको संस्थाको आर्थिक कोष निर्माण तथा पेन्डिङ रकम जेठको २५ गते सम्म संस्थाको केन्द्रीय कमिटीमा भुक्तानी गर्ने गरि सम्पूर्ण शाखा अध्यक्ष ज्युहरुसंग समन्वय गरि कार्यन्वयन गर्ने गराउने निर्णय गरियो।
३ - संस्थाको गतिशीलतालाई मध्यनजर गर्दै सुशासित संस्था निर्माणको लागी संस्थाको महत्वपूर्ण र आवश्यक निम्न विभागहरु गठन गर्ने निर्णय गरियो।
त्यसैगरी बैठकले महत्वपूर्ण जिम्मेवारी निम्न ब्यक्तिहरुलाई निम्नानुसार प्रदान गरेको छ।
संगठन बिभागमा
१ - कमल बाँठा (बिभाग प्रमुख)
२ - नरेन्द्र घर्ती (सदस्य)
३ - लाल कुमारी पुन मगर (सदस्य)
४ - दिल पुन (सदस्य)
५ - तेज कुमार बुढा (सदस्य)
६ - ओम प्रकाश खड्का (सदस्य)
७ - भद्र बहादुर डाँगी (सदस्य)
अनुशासन बिभागमा
१ - गोपाल डाँगी (बिभाग प्रमुख)
२ - रोशन गिरी (सदस्य)
३ - रमेश बुढा मगर (सदस्य)
४ - महेन्द्र घर्ती (सदस्य)
५ - दिपेन्द्र डाँगी (सदस्य)
महिला बिभागमा
१ - मनिषा पुन (बिभाग प्रमुख)
२ - कल्पना घर्ती मगर (सदस्य)
३ - जगुमती बुढा मगर (सदस्य)
४ - धनमाया रोका (सदस्य)
५ - तेज कुमारी परियार (सदस्य)
आर्थिक विभागमा
१ - निशान वली (विभाग प्रमुख)
२ - दिल पुन (युएई)
३ - महेन्द्र घर्ती (साउदी)
४ - तेज कुमार बुढा (मलेसिया)
५ - दिपेन्द्र डाँगी (कतार)
६ - भिम बुढाथोकी (जापान)
७ - दिल प्रसाद घर्ती (भारत)
८- ओम प्रकाश खड्का (दाङ)
९- कमल वली (क्रोएसिया)
सुचना बिभागमा
१- वकिल बहादुर पुन (बिभाग प्रमुख)
२- गणेश क्षेत्री (डाँगी) (सदस्य)
४ - अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको बार्षिक उत्सब जेठ महिनामा गर्ने र संस्थागत स्मारिका चिनारी बुक निर्माण गर्नको लागि केन्द्रीय संस्थाका संस्थापक देखी हाल सम्मका सम्पूर्ण विभागीय प्रमुखहरू तथा सरोकार संग समन्वय गरि निष्कर्षमा पुग्ने निर्णय गरियो।
५ - विविध ,संस्थाले निकट भविष्यमा विभिन्न सीपमूलक तालीम तथा आवश्यक अभिमुखीकरण प्याकेज प्लान सार्वजनिक गर्दै जाने निर्णय गर्दै संस्थाको आठौ बैठक जेष्ठ २८ गते आईतबार बस्ने गरी आजको बैठक समापन गरियो।