मुग्लानी खबर जेठ ८
मलेसियाका (मलायु) बासीहरुको महान पर्व
"हरिरायाको" सुभ अवसर पारेर तीनदिने छुट्टिको सदुपयोग गर्दै नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले नेपालका चर्चित हट मोडेल तथा गायिकाहरुको साथमा मेघा लाइभ कन्सर्ट २०७५ आयोजना गर्न लागेको छ ।
आयोजक संस्थाका अनुसार मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई भरपुर मनोरञ्जन दिलाउनको निम्ति र नेपाली कलालाई बिदेशमा चिनाउनको लागि यो कन्सर्ट कार्यक्रम आयोजना गर्न लागेको बताए ।
चर्चित नायिका तथा मोडेल रुपा एस घले
यस् लाइभ कन्सर्टमा नेपाल बाट अहिलेका चर्चित राष्ट्रिय स्तरका हट एण्ड बोल्ड गायिका ज्योति मगर ,सरस्वती लामा,त्यसै गरि थारु समुदायका हट एण्ड सेक्सी मोडेल डान्सर सुनिता दहित ,लगायत डान्सर रुपा घले,कार्यक्रम उदघोषिका जेनि शेर्पा, जनवादी गायक राजन राई ,Dj क्षेत्रमा सक्रिय गिनिज बुक अफ द-वल्ड्मा नाम लेखाउन सफल Dj छेवाङ शेर्पा लगायतका कलाकार छ्न ।
त्येस्तै मलेसियाको विभिन्न शहरहरुमा छरिएर रहेका स्थानिय नेपाली कलाकारले पनि भरपुर मनोरञ्जन दिने छ्न ।
पिटि शेर्पा पिनासा,दिल कुमार तुम्रोक ,सन्ता चेम्जोङ ,आर एन चौधरी थारु आयोजक र मिङमा लामा,फुर्वा के शेर्पा,ङिमी शेर्पा,मनिराम थारु,प्रजेश चौधरी,दिपेन्द्र चौधरी सह-आयोजक रहेको यो लाइभ कन्सर्ट मलेसियाका मुख्य मुख्य शहरहरु जुन १५ तारिख इपो ,१६ तारिख जोहोरबारु र १७ तारिख राजधानी क्वालालम्पुरमा भब्य रुपमा कार्यक्रम हुने छ ।
कार्यक्रम हेर्नको लागि टिकट चाहिएको खण्डमा यी निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।+60183876029,+601139511229,+60124439800,+60109427402